नागरिकता विधेयकलाई छिटो प्रमाणीकरण गर्न नागरिकताविहीन संघर्ष समिति नेपाललको माग

नागरिकता विधेयकलाई छिटो प्रमाणीकरण गर्न नागरिकताविहीन संघर्ष समिति नेपाललको माग

काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकलाई छिटो प्रमाणीकरण गर्न नागरिकताविहीन संघर्ष समिति नेपालले माग गरेको छ। राष्ट्रपति कार्यालय शितलनिवासमा आज ज्ञापन पत्र बुझाउँदै उनीहरूले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग गरेका हुन्।

 

राष्ट्रिय अध्यक्ष ईन्द्रजीत साफीसहित टोलीले शितल निवास पुगेर राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईमार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएका हुन्। दुवै सदनबाट पारित विधेयक सभामुखले राष्ट्रपति कार्यालय पठाइसकेका थिए।

लोकप्रिय