छानबिन टोली दार्चुलाबाट फर्कियो
काठमाडौँ।
महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकाइदिएपछि खसेर युवक बेपत्ता भएको घटनाको छानबिन गर्न खटिएको टोली फर्किएक छ । छानबिनका लागि गृह मन्त्रालयले खटाएको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली सोमबार दार्चुलाबाट फिर्ता एको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० मनोहरप्रसाद भट्टले छानबिनका क्रममा गर्नूपर्ने काम सकेर गृहको टोली फर्किएको जानकारी दिए । झण्डै ८ दिनसम्म दार्चुलामै बसेको टोलीले नदीमा बेपत्ता भएका व्याँस गाउँपालिका(२ का जयसिंह धामीको परिवारदेखि अन्य सरोकारावाला पक्षबीच भेटघाट गरेर छलफल गरेको थियो ।
‘जिल्लास्थित विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल, पीडित परिवार र प्रत्यक्षदर्शीसँग बुझ्ने कामसँगै घटना स्थलको नेपाल र भारततर्फबाट स्थलगत निरीक्षणलगायतका काम सकेर सहसचिव ज्यूको नेतृत्वमा रहेको टोली फर्किएको छ,’ प्रहरी नायब उपरीक्षक ९डीएसपी० भट्टले अनलाइनखबरसँग भने यहाँबाट फर्किए पनि बैतडी, डडेल्धुरा र कञ्चनपुरमा महाकाली नदी तटीय क्षेत्रको निरीक्षण गर्ने
छ ।
। उक्त घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो । बेपत्ता धामीको अवस्था भने अझै अज्ञात छ । परिवारले उनी जिवितै भेटिने आशा मार्दै कुसको आकृति बनाएर हिन्दु संस्कारअनुसार दाहसंस्कार गरिसकेको छ । तर नेपाल प्रहरीसहितका तीन वटा सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता धामीको खोजी कार्य जारी राखेका छन् ।नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेका बेला प्रहरी प्रधान कार्यालयले खोजविनका लागि विशेष प्राविधिक टोली समेत खटाएको छ ।प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयको आग्रहमा धामीको खोजीमा सहयोग गर्न दुुई जना प्राविधिकसहितको विशेष टोली खटाएको हो । उक्त टोलीले अहिले महाकाली नदी क्षेत्रमा ड्रोनको प्रयोग गरेर धामीको खोजी गरिरहेको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्