पल शाहको नयाँ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

पल शाहको नयाँ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

 काठमाडौं । अभिनेता पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा उनले आफ्नै जेलयात्रालाई प्रस्तुत गरेका छन् ।
बलात्कार मुद्दामा जेल जानुअघि उनी अभिनित ‘तिमीलाई हेर्ने बानी पर्यो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो । पुष्पन प्रधानको स्वरमा रहेको उक्त गीत चर्चित भएको थियो । झन्डै एक वर्षको जेल बसाइँपछि बलात्कार मुद्दामा सफाइ पाएका पलले महिला स्वरमा सोही गीत ल्याएका हुन् । जहाँ स्वर अनु चौधरीको रहेको छ ।

महिला भर्सनको उक्त गीतको म्युजिक भिडियोको निर्देशन पनि उनी आफैंले गरेका छन् । जहाँ उनले आफू, आफ्नो परिवार (आमा, बुवा र बहिनी) र प्रेमिकाको कथा प्रस्तुत गरेका छन् । प्रेमिकाको भूमिकामा सनिशा भट्टराई, आमा सूर्यमाला खनाल, बहिनी, प्रिन्सु तिवारी र बुवाको भूमिकामा प्रकाश अधिकारी छन् ।

लोकप्रिय