मेयर बालेन्द्रको परिपत्र रोक्न एमालेको जोडबल, देउवालाई भेटेर पुनरावलोकन प्रक्रियामा जान सुझाव
काठमाडौ । नेकपा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई नेतृत्वको टोलीले आज नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् ।
नदी किनारका जमिन र बस्तीका बिषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यान आकर्षण गराउन डा. भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले काँग्रेस सभापति देउवालाई बुढानिलकण्ठस्थित निवासमा भेटेको हो ।
भेटमा देउवाले सम्मानित अदालतको फैसलाका कारण उत्पन्न समस्याका बिषयमा सरकार पुनरावलोकनमा जानुपर्ने बिषयमा सहमति जनाउँदै कानुन मन्त्रीलाई छिटो भन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिनुभयो। भेटमा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. भट्टराई, काठमाडौं जिल्ला ईन्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौला लगायत पदाधिकारीहरुको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस्