देशभरकै उत्कृष्ट चारमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका

काठमाडौ । स्याङजाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादनको मुल्यांकनको आधारमा गण्डकी प्रदेशमा पहिलो र देशभरिमै उत्कृष्ट चौथो हुन सफल भएको छ । यस्तै स्याङजाका ३ गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । कालीगण्डकी गाउँपालिका, आँधीखोला गाउपालिका र फेदीखोला गाउपालिका क्रमशः पहिलो, दोश्रो र तेश्रो बन्न सफल भएका छन ।
जिल्लाको ११ स्थानीय तह रहेको जिल्लाको ३ वटा गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्येबाट प्रथम, द्धितिय र तृतिय भएका हुन् । राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले गरेको कार्य सम्पादन कार्यविधि २०७८ दफा ८ को अधिनमा रही कार्य सम्पादनको आधारमा मूल्यांकन गरी अंक प्रदान गर्दा यहाँको कालीगण्डकी गाउँपालिका ७८.२ प्रतिशत अंक सहित गण्डकी प्रदेशकै प्रथम, आँधीखोला गाउँपालिका ७८ प्रतिशत अंक प्राप्त गर्दै द्धितिय र फेदिखोला गाउँपालिका ७७।९ अंक प्राप्त गर्दै तृतिय भएका हुन् ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाको यो दोश्रो कार्यकाल हो । पहिलो र दोस्रो दुवै कार्यकालमा अध्यक्ष थापाले गाउपालिकामा गरेका कामको निकै चर्चा हुँदै आएको छ ।
स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिका रहेका छन १ ५ नगरपालिका मध्ये वालिङले ७३।७ अंक प्राप्त गरेको छ भने भीरकोटले ६५।७, पुतलीबजारले ७१।७ गल्याङ ले ६६।१ र चापाकोटले ६२।६ अंक प्राप्त गरेको छ । त्यस्तै गाउँपालिकातर्फ विरुवाले ७४।३, हरिनासले ५४।२, अर्जुनचौपारीले ६४।९ अंक प्राप्त गरेका छन् । गण्डकी प्रदेशमै पहिलो बनेको कालीगण्डकी गाउँपालिका देशभरीका ७५३ वटा स्थानीय तहमध्ये चौँथो स्थानमा रहँदा दोस्रो बनेको आँधीखोला गाउँपालिका देशभरीबाट पाचौँ बनेको छ।
प्रतिकृया दिनुहोस्