अध्यक्ष रमेशबाबु थापाद्वारा लिखित “बसन्तको आकुरा” गजल संग्रह विमोचन

अध्यक्ष रमेशबाबु थापाद्वारा लिखित “बसन्तको आकुरा” गजल संग्रह विमोचन

 

काठमाडौ । शहिद लखन गाउँपालिकाको आयोजना, शहीद लखन साहित्य समाजको सहआयोजनामा तथा स्रष्टा पद्यात्रा नेपालको समन्वयमा “स्रष्टा जमघट तथा सिर्जना वाचन समारोह” सम्पन्न भएको छ।
यस समारोहमा राष्ट्रिय तथा स्थानीय स्रष्टाहरूको उपस्थितिमा विभिन्न व्यक्तिहरूद्वारा सिर्जना वाचन, स्रष्टा पद्यात्रा नेपालका स्रष्टाहरूका रचनाहरूको प्रस्तुति, साहित्यिक अन्तरक्रिया तथा स्थानीय संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिनुका साथै गाउँपालिका अध्यक्ष रमेशबाबु थापा द्वारा लिखित “बसन्तको आकुरा” गजल संग्रहको विमोचन सम्पन्न भएको छ ।

लोकप्रिय