बुटवल-नारायणगढ सडकखण्ड अवरुद्ध
- dainiksamaj
- २०८१ चैत्र २८, बिहीबार
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।
वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो ।
विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रहरी कार्यालयले बताएको छ । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् ।
दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ देखि ३ बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो । त्यसैगरी, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ देखि बिहान ५ बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ ।
Post Views: 89
- सिन्धुलीका श्रेष्ठलाई श्रममन्त्री बनाउन महासंघको माग, श्रम नबुझेकोले मन्त्रालय चलाउन नसक्ने महासंघको दाबी
- झरीका बीच विश्व पूर्ण–शाकाहारी दिवस मनाइयो
- जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
- महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित
- उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
- निर्वाचनमा भाग लिन प्रधानमन्त्री कार्कीको आह्वान !
- संकट छल्न समयमै निर्वाचन
- महापर्व छठ : श्रद्धा, संयम र कृतज्ञताको उज्यालो
- वाईसीएलले बनायो १० हजारको सक्रिय फोर्स, जेन–जी आन्दोलनको नाममा आक्रमण भए प्रतिकार गर्ने
- तिहारको विदामा अध्यागमन विभाग खुल्ला रहने
लोकप्रिय
-
झरीका बीच विश्व पूर्ण–शाकाहारी दिवस मनाइयो
२०८२ कार्तिक १६, आईतवार -
महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित
२०८२ कार्तिक १६, आईतवार -
उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
२०८२ कार्तिक १६, आईतवार -
जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
२०८२ कार्तिक १६, आईतवार


प्रतिकृया दिनुहोस्