वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो

वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ ।

वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरूसँग आइतबार सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा कर्फ्यु आदेशलाई निरन्तरता दिइरहन पर्ने नदेखिएकाले आइतबार राति बजेदेखि कर्फ्यु आदेश हटाइएको हो ।

परिस्थिति पूर्णरुपमा सामान्य भई नसकेको वर्तमान अवस्थालाई मध्यनजर गरी वीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश भने जारी गरिएको छ ।

वीरगञ्ज महानगर क्षेत्रमा दुई समूहबीच शनिबार झडप भएपछि सोही दिन साँझ ६ः३० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो ।

लोकप्रिय