मर्स्याङ्दी जलविद्युतबाट प्रभावित १९ जना परिवारलाई मुआब्जा वितरण

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ ।
केन्द्रका अनुसार १४ परिवारका जग्गा र पाँच घरसहित नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो । जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार ९६७ रकम प्रदान गरिएको केन्द्रले जनाएको छ । जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार ६ सय ५२ र घर टहराका लागि तीन करोड ९० लाख ९९ हजार ३१५ वितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजार ६८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको थियो ।
मुआब्जा पाउन सङ्घर्ष गर्नुपरेको भन्दै ढिलै भएपनि मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्