गएराती सरकार र शिक्षकहरुबीचको वार्ता पनि निष्कर्षविहीन

गएराती सरकार र शिक्षकहरुबीचको वार्ता पनि निष्कर्षविहीन

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सोमबार राति शिक्षा मन्त्रालयमा भएको वार्ता पनि निष्कर्षविहीन भएको छ ।

शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा सिंहदरबारमा भएको वार्ता सकारात्मक रुपमा अगाडी बढेको मन्त्री पन्तले जानकारी दिएका छन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताएका छन् ।

सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो । मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासंघसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो ।

मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताएका थिए । विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

लोकप्रिय