April 20, 2021, Tuesday
२०७८ बैशाख ७

सहकारीले ऋण दिंदा सेवा शुल्क एक प्रतिशत मात्र लिन पाउने

सहकारीले ऋण दिंदा सेवा शुल्क एक प्रतिशत मात्र लिन पाउने

अबदेखि प्रक्रिया शुल्क , प्रशासन शुल्न आदि नामले अतिरिक्त शुल्क लिन नपाउने

काठमाडौ । सहकारी संस्थाहरुले आर्थिक कारोवार गर्ने क्रममा ऋण दिएका सदस्यहरुसंग लिने गरेको सेवा शुल्क बढीमा १ प्रतिशत मात्र लिन पाइने गरी निर्धारण गरिएको छ ।
आगामी माघ १ गतेदेखि लागु हुने गरी सहकारी विभागले आज एक विज्ञप्ति प्रकाशित गरी सहकारी संघ सस्थाहरुबाट ऋण लिने ऋणीलाई बढीमा १ प्रतिशत लिन पाउने गरी सेवा शुल्क निर्धारण गरिएको छ ।

सहकारी ऐन २०७४ परिच्छेद ७ दफा ५० (३) नियमावलीमा गरेको व्यवस्था अनुसार सहकारीका केन्द्रीय संघका प्रतिनिधिहरुसंगको बैठकमा दिइएको सुझाब अनुसार सहकारी विभागको मिति २०७७ मार्ग २२ गते बसेको बैठकले निर्णय गरी आउँदो माघ १ गतेदेखि लागु हुनेगरी सेवा शुल्क निर्धारण गरेको कुरा जानकारी दिएको छ।

विभागबाट जारी विज्ञप्तिमा कुनै सहकारी संस्थाले सदस्यहरुको समूह खडा गरी सामुहिक जमानीमा लघु बित्त तरिकाले कर्जा लगानी गरिएकोमा भने अतिरिक्त खर्च पर्न गइ अतिरिक्त शुल्क नलिई नहुने अवस्थामा कर्जाको व्याज बाहेक बढीमा १.५ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

सहकारी संस्थाबाट कुनैपनि ऋण लिने सदस्यलाई प्रक्रिया शुल्क , प्रशासन शुल्क या कुनै अन्य शिर्षक नाम दिएर अतिरिक्त शुल्क लिन नपाउने समेत स्पष्ट पारेको छ ।
यसअघि विभागले सहकारी संस्थाहरुलाई सन्दर्भ व्याजदर १४ः७५ प्रतिशत लिन नपाउने गरी तोकी लागु समेत गरिसकेको छ।

भर्खरै

लोकप्रिय