मच्छिन्द्रनाथको रथ जात्राः काठमाडौँका केहि क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

मच्छिन्द्रनाथको रथ जात्राः काठमाडौँका केहि क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबारबाट सेतो मच्छिन्द्रनाथको रथ जात्रा सुरु भएको छ । जात्रा बिहीबार पनि जारी छ भने आज जात्राका कारण केहि स्थानमा सवारी आवागमन प्रभावित हुने काठमाडौँ महानगर पालिकाल जनाएको छ ।

आज असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर क्षेत्रको सवारी आवागमन प्रभावित हुनसक्ने महानगरपालिकाले जनाएको छ । चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ ।

महानगरका अनुसार चैत १८ गते लगन चोक र १९ गते लगन चोक दलाछि ह्युमत जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले रथयात्राको समय उक्त क्षेत्रमा कुनै पनि प्रकारका सवारी प्रवेश गर्न दिइने छैन ।

लोकप्रिय