April 20, 2021, Tuesday
२०७८ बैशाख ७

बागमती प्रदेश सभाको बैठक आज बस्दै

बागमती प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौं – बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ ।
यसअघि प्रचण्ड- नेपाल समूहले पेस गरेको अविश्वासको प्रस्तावका कारण सहज रुपमा बस्न नसकेको सो बैठक आज मंगलबार प्रदेश सभाको बैठक दिउँसो एक बजे बस्न लागेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध २०७७ पुस १० मा अविश्वासको प्रस्ताव पेस भएको थियो । जसका कारण मुख्यमन्त्रीको पद धरापमा परेका थियो । बैठक कक्षको पहिलो लहरमा सत्तारुढ दल एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल र दोस्रो ठूलो दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँलाई क्रमशः लहरै बस्ने गरि कुर्सी व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

भर्खरै

लोकप्रिय