May 6, 2021, Thursday
२०७८ बैशाख २३

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाख रूपैयाँ दिने

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाख रूपैयाँ दिने

काठमाडौं – कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।कोरोना महामारी विपद्को घडीमा संक्रमणबाट मृत्यु भएका परिवारलाई तथा नागरिकलाई राहत दिने निर्णय गरिएको हो ।

भर्खरै

लोकप्रिय