तनहुँको बुल्दीखोलामा पुल निर्माणको काम सम्पन्न

तनहुँको बुल्दीखोलामा पुल निर्माणको काम सम्पन्न

काठमाडौं । तनहुँको व्यास नगरपालिका– १ र २ जोड्ने कराङकाठबाट बसपार्क आवतजावत गर्ने बुल्दीखोलामा पुल निर्माण गरिएको छ ।

बुल्दीखोलामा एक स्पामको पुल निर्माण गरिएकोले बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारी र सर्वसाधारणलाई आवतजावतमा सहज भएको हो ।पुल बनेपछि सवारी आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर बस्ती संरक्षणमा सहयोग पुग्ने बताइएको छ ।

बर्खायाममा खोलामा बाढी आउँदा कजवेबाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुने गरेको थियो ।
२०८२ साल भदौ ३० गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सम्झौता गरेको थियो । सम्झौताभन्दा अगावै २०८२ वैशाख २२ मा निर्माण सम्पन्न भएको हो । उक्त पुलको लम्बाइ २५ मिटर र आठ दशमलव ४० मिटर चौडाइ छ ।

पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत ६ करोड २८ लाख ९४ हजार ६९० मूल्य अभिवृद्धि करसहितको लागतमा निर्माण सम्पन्न गरिएको हो ।

लोकप्रिय