ललिता निवास जग्गा प्रकरणः कर्मचारी, बिचौलियासहित १२ जना दोषी ठहर

ललिता निवास जग्गा प्रकरणः कर्मचारी, बिचौलियासहित १२ जना दोषी ठहर

काठमाडौँ । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा कर्मचारी, बिचौलियासहित १२ जनालाई दोषी ठहर गरेको छ । व्यक्तिको नाममा लैजाने कलाधर देउजा, मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीसहित १२ जनालाई दोषी ठहर गरेको हो ।

त्यस्तै सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ । विशेष अदालतले सुवर्ण शमसेरका परिवारलाई पनि दोषी ठहर गरेको हो ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुने अन्यमा सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्ने सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो । फैसला सुनाउने क्रम जारी रहेको छ ।

लोकप्रिय