गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा

गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा

काठमाडौं । गण्डकी प्रदेश सरकारले शुक्रबार (आज) प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको हो ।

४ फागुन २०७४ मा पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । सोही दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानुनी र संस्थागत पक्षहरूलाई परिपक्व बनाउँदै लगेको बताए ।

पाण्डेले सीमित स्रोतसाधनका बाबजुद पनि आम नागरिकको प्रदेशप्रतिको अपेक्षालाई आवश्यकता र हाम्रो क्षमताको आधारमा प्राथमिकीकरण गरी प्रदेश सरकारले सम्बोधन गरिरहेको दाबी गरेका छन् ।

लोकप्रिय