४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्टीङ अपरेशन’, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए

४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्टीङ अपरेशन’, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए

४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्टीङ अपरेशन’, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए

नवीन ढुंगाना , युवराज कँडेल-काठमाडौँ । भ्रष्टाचारका ४ सय बढी मुद्दा एकै पटक ढिसमिस पार्न २२ करोड रुपैयाँ हाराहारी घुसमा सर्वोच्च अदालतको संवैधानिक इजलास नै खरिद भएको अनुमान गर्न सकिने एक गोप्य ‘स्टीङ अपरेशन’को अडियो रेकर्ड सिधाकुरालाई प्राप्त भएको छ ।

पूर्व प्रधानन्यायाधीशहरु, बाहलवाला सर्वोच्च अदालतका न्यायाधीश, वरिष्ठ अधिवक्ता र नेपालका ठूला मिडिया सञ्चालकहरूनै सो डीलमा सहभागी भएको सिधाकुरालाई प्राप्त अडियोमा सुनिन्छ ।

अख्तियारको ‘स्टीङ अपरेशन’ टोलीका एक सदस्यलाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दामा बयान फेर्न दबाब दिन बोलाइएको ‘हाई प्रोफाइल’ हरुको बैठककै ‘स्टीङ अपरेशन’ ति सदस्यले गरिदिएका थिए ।

सिधाकुरालाई प्राप्त प्रमाणअनुसार गोप्य बैठकको अडियोमा संवैधानिक इजलासको मुद्दाका सरकारी साक्षीसमेत रहेका ति सदस्यलाई अख्तियारका विरुद्ध बयान दिन दबाब र प्रलोभनमा पार्न प्रयास गरिएको छ ।

काठमाडौँको तीनकुनेस्थित अन्नपूर्ण पोष्टको प्रधान कार्यालयको बैठक कोठामा २०७७ चैत ३० गते सो बैठक भएको कुराकानीमा खुल्छ ।

बैठकमा भएको कुराकानीको अडियोअनुसार अख्तियारका ति सदस्यलाई किशोर विष्ट नाम गरेका अधिवक्ताले सर्वप्रथम मोबाइल लगायतका ुडिभाइसु बाहिर राखेर एउटा कोठामा छिराउँछन् र सो बैठक बस्नुको कारण खुलाउँछन् । ुमुद्दामा बयान फेरिदिएर सघाउनु विष्टले आग्रह गर्छन् र आज ुत्यसै प्रयोजनका लागि देशका ठूला मान्छेहरूसँग भेट गराउन लागेकोु बताउँछन् ।

त्यसपछि लगिन्छ मुख्य बैठक कोठामा, जहाँ विष्टले क्रमश वरिष्ठ अधिवक्ता हरि उप्रेती, अन्नपूर्ण पोष्टका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको परिचय गराउँछन् ।

परिचयकै क्रममा ुश्रीमानहरुु पनि भनिन्छ तर ‘स्टीङ अपरेशन’ भएको अडियोको पहिलो भागमा न्यायाधीशको नाम उल्लेख हुँदैन । तर, अन्तिममा ति स्टीङकर्ताले आफ्नो तत्कालीन हाकिमलाई रिर्पोटिङ गर्दा ुसो बैठकमा सर्वोच्चका हालका दोस्रो बरियताका न्यायाधीश आनन्दमोहन भट्टराई बैठकमा रहेकोु बताएका छन् । ति स्टीङकर्ताले सिधाकुरालाई बताएअनुसार बैठकमा सहभागी तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सबैभन्दा ठूला व्यक्ति हुन् ।

सरकारी साक्षीलाई दबाब र प्रलोभनमा पारेर अख्तियारबाट दायर भ्रष्टाचारका सबै मुद्दा ढिसमिस पारिदिने उक्त बैठकको मुख्य उद्देश्य रहेको देखिन्छ । जुन ८ वैशाख २०७८ मा सर्वोच्चको संवैधानिक बेञ्चको फैसलासँग ठ्याक्कै मेल खान्छ ।

‘आज ३० गते हो । वैशाख ८ गतेका लागि मुद्दाको पेशी चढेको छ । त्यो मुद्दामा अख्तियारका केही गोप्य कुरा भनिदिएर सघाउनुपर्यो,’ अडियोमा सुनिएका एक व्यक्तिले अख्तियारका ति प्रतिनिधिलाई प्रस्ताव गरेका छन् । सो मुद्दा सल्ट्याउन सबै भ्रष्टाचार आरोपित भएकाहरूसँग जनही ४ लाखसम्मका दरले पैसा उठाएको र त्यसैबाट खर्च पानी दिने भन्दै बयान फेर्न आग्रह गरिएको छ ।

‘भाइले अदालतमा उभिएर बोल्दिएर सघाउनुपर्यो । हामीले ४ लाखका दरले पैसा उठाएका छौँ । भाइलाई पनि यहीबाट सहयोग हुन्छ,’ अख्तियारका ति प्रतिनिधिलाई प्रस्ताव गरिएको छ । ‘सहयोग नगरेको खण्डमा पनि आफूहरूले वैशाख ८ मा मुद्दा जित्ने, त्यसअघि मिडिया ट्रायल हुने र ति व्यक्तिको बदनाम हुने भन्दै त्यसको ग्यारेन्टी यहाँ ९तत्कालीन समयमा सो बैठक स्थलमा० रहेका न्यायाधीशहरू भएको’ अडियोमा भनिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारी समात्न गर्ने गरेको ‘स्टीङ अपरेशन’ खारेज माग गर्दै अधिवक्ता विष्णुप्रसाद घिमिरेले २०७४ पुस २ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । सर्वोच्चको संवैधानिक इजलासले २०७८ वैशाख ८ गते सोही रिटमाथि फैसला गर्दै अख्तियारले ‘स्टीङ अपरेशन’ गर्न सक्ने व्यवस्थासहितको नियमावली २०५९ को नियम ३० मा रहेको व्यवस्था खारेज गरिदिएको थियो ।

सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको इजलासले उक्त फैसला गरेको थियो ।

मुद्दाको फैसला गर्नु ठिक ८ दिन अघि मुद्दाका सरकारी साक्षीलाई उक्त दबाब र प्रलोभन दिइएपनि उनले अदालतमा इन्कारी बयान दिएका थिए । तथापि मुद्दाको फैसला भने अख्तियारले रङ्गेहात घुससहित पक्राउ गरेकाहरूको पक्षमा भएको थियो ।

२०७८ वैशाख ८ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टीङ अपरेशन’ संविधानप्रदत्त मौलिक हकसँग बाझिएको ठहर गरेको थियो ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम ३० मा रहेको प्रावधान नेपालको संविधानको धारा २०९९० मा रहेको स्वच्छ सुनवाई सम्बन्धी प्रावधान तथा भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ३ मा रहेको प्रावधानसमेतको भावना र मर्म अनुकुल देखिएन । सो प्रावधान फौजदारी न्यायका मान्य सिद्धान्त, कानुनको उचित प्रक्रिया तथा प्रमाण संकलन सम्बन्धी न्यायिक मान्यतामा दृष्टिले समेत मनासिब र तार्किक देखिएन । उल्लिखित प्रावधान प्रत्यायोजित विधायन सम्बन्धी अवधारणा अनुकुलसमेत रहेको पाइएन । उक्त प्रावधान अनुसन्धान अधिकारीलाई स्वेच्छाचारी तवरबाट कार्य गर्न प्रोत्साहित गर्ने प्रकृतिको देखियो । अतः अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम ३० मा रहेको प्रावधान नेपालको संविधानको धारा १३३ को उपधारा १ बमोजिम आजका मितिले लागू हुने गरी अमान्य र बदर हुने ठहर्छ,’ सर्वोच्चको फैसलामा भनिएको छ ।

सर्वोच्चको फैसला

सर्वोच्चको फैसलासँगै तत्कालीन समयमा विचाराधीन रहेका ‘स्टीङ अपरेशन’ सम्बन्धी मुद्दामा अख्तियारले पैसा दिएर गरिने ‘स्टीङ अपरेशन’ अर्थात नियमावलीको नियम ३० बमोजिम प्रमाण संकलन गरिएर चलाइएको मुद्दाको त्यस्ता प्रमाणहरू ग्रहण गर्न अयोग्य हुने सर्वोच्चको ठहर भएको थियो ।

‘हाल मुद्दाको सुनवाई अन्तिम भइनसकेका वा न्यायिक प्रक्रियामा रहेका विवादका सन्दर्भमा समेत अमान्य र बदर भैसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम ३० को प्रावधान अनुसार संकलन गरिएका प्रमाण ग्रहणयोग्य नहुने भएकाले सो तर्फ थप उल्लेख गरिरहन परेन,’ फैसलामा भनिएको छ ।

सर्वोच्चको सो फैसलाका कारण अख्तियारले ‘स्टीङ अपरेशन’ गरेर घुससहित पक्राउ परेकाविरुद्ध दायर ४ सय बढी विचाराधीन मुद्दाका सयौँ प्रतिवादीले घुस खाएको भन्ने प्रमाण नपुगेका कारण सफाइ पाएका थिए । भ्रष्टाचारी ठहर हुने र जागिर गुमाउने अवस्थाका विभिन्न सरकारी पेशामा रहेका उनीहरु सर्वोच्चको उक्त आदेशसँगै पुनः सेवामा बहाली भएका थिए ।

भ्रष्टाचारको दाग मेटिने र स्थायी जागिरमा पुनर्बहाली हुने भएपछि सर्वोच्चबाट सो फैसला गराउन प्रतिवादीहरूले बिचौलियामार्फत जनही कम्तीमा ४ लाख र बढीमा ५ लाखसम्मका दरले २२ करोड रुपैयाँ बुझाएको सिधाकुरालाई बताएका छन् ।

‘मुद्दा जितिन्छ भन्ने पक्का भएपछि त्यति जाबो पैसाको के कुरा भयो र रु अन्तिममा जितियो पनि,’ पैसा बुझाउने मध्येका एकले सिधाकुरासँग भने ।

आदेशअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मागेको गुनासो आएमा अख्तियारले नै घुस मागिएको पैसामा ुफेनलेफेथालिनु भन्ने रसायन हालेर पीडित मार्फत घुस बुझाउन पठाउने गरेको थियो ।

उक्त रसायन मिसाइएको नोट हातमा समाएपछि उक्त हात अर्को एक रसायनसहित पानीमा भिजाउँदा पानीको रङ्ग रातो हुन्छ भने पैसा समाउने हात पनि रातो हुन्छ । यही प्रक्रियालाई ‘रेड ह्यान्ड’ प्रमाणका रुपमा पेश गर्ने गरेको थियो । सर्वोच्चको उक्त आदेशपछि अख्तियारलाई ‘रेड ह्यान्ड’ आफैँ पैसा दिएर घुसखाने व्यक्ति समाउन कठिन भएको थियो ।

यस्तो छ सिधाकुरालाई प्राप्त अडियोमा भएको पूरा कुराकानी ।

यहाँ किशोर बिष्ट सर हुनुहुन्छ ?

हुनुुहुन्छ । के कामले थियो सर ?

बोलाउनुभएको थियो मलाई ।

मोबाइलहरु छ भने लैजान मिल्दैन सर ।

केही पनि छैन सर । एउटा छ । चाबी र मोबाइल ।

मास्क खोलिदिनु सर ।

 

भित्र छिरेपछि।।।

सर नमस्ते ।

ओहो नमस्ते ।

आराम हुनुहुन्छ सर ?

आराम छु । बस्नुस् । अनी के छ ?

ठिकै छ । धेरै भयो भेटघाटै भएको छैन ।

तपाईँलाई खोई, फोन गर्दा फोन उठाउनुहुन्न ।

म अली बिजी । बाहिर इटहरीतिर थिएँ । धेरै समय अस्ती अस्ती । त्यै भएर खासै । हजुरले अस्ती तै भेटेदेखि चाहीँ म नी उता उतै भएँ । भेट्नै पाइएन । मामाले मलाई खबर गर्नुभएको थियो । अनी फेरि आज संयोग मिलेछ सर हजुरले अघि फोन गर्नुभयो ।

मोबाइल त बोक्नुभएको छ कि छैन सर ?

मोबाइल छैन सर । सबै बाहिर राख्या छ । पर्सहरु सबै उतै छ हजुर ।

अस्ती फोन गरेको थिएँ । हाम्रो जयनेपाल जी को केशमा केही गर्नुहुन्छ कि जस्तो लाग्या थ्यो । सहयोग गर्नु भएन ।

यस्तो छ सर, जय नेपाल थापा सरको त सबै इभिडेन्सहरु बलिया थिए सर हैन । उहाँलाई मैले सहयोग गर्न सक्ने अवस्था केही पनि थिएन । अब अदालतमा पनि मलाई धेरै रिक्वेस्ट गर्नुभएको थियो । म्यामले पनि अरुअरु सरहरुले पनि मलाई फोन गरिरहनु भएको थियो । हजुरले आफैँ पनि मलाई त्यत्रो बेर कुरा गर्नुभाको हो । म आफू भित्र पसेर उहाँलाई बचाउन सक्ने अवस्था त मेरो थिएन सर हैन । त्यहाँमाथि उहाँको मुद्दा अहिले शायदै जितिसक्नुभयो क्यारे कि के भयो रु अब मलाई त्यो त।।के हार्नुभयो कि के भयो रु त्यो चाहीँ मलाई नी त्यती जानकारी छैन सर । अब बकपत्रमा मलाई बोलाउनुभयो ।

उहाँले मुद्दा हार्नुभयो ।।।जी त्यै भएर अहिले हामी सर्वोच्चमा गाको ।

अहिले सर्वोच्चमा चलिरहेको छ होर सर मुद्दा अहिले ?

हजुर हजुर ।

तपाईँले सहयोग गर्नुपर्यो सर । अब पहिला ता तपाईँले सहयोग गर्नुभएन ।

पहिला पनि यस्तो सर मैले हजुरहरुलाई सहयोग त गरेकै हो हैन त्यतिखेर पनि । बुझ्नेले कसरी बुझ्नी भयो । मैले अघि पनि हजुरलाई भनिसकेँ । पहिला पनि किशोर सरसँग पनि मेरो यही कुरा भाको हो हैन । हजुरहरुलाई मैले सकेसम्म नगर्या होइन । अब हाम्रो जयनेपाल सरले पनि त्यतिखेर गल्ती गर्नुभाको हो नि त सर । हैन, गल्ती गरेपछि त कारबाही हुनुपर्छ भन्ने कुरा न हो । यदि उहाँलाई मैले छोड्देको थिएँ भने म दोषी हुन्थे नी त सर । कानुनले त मलाई दोषी ठहर गर्थ्यो होला । शायद मलाई त्यो थाहा छैन । तपाईँहरु नी अब यत्रो लयर्स हुनुहुन्छ । मैले भन्या पनि थिएँ हजुरहरुलाई । मैले अब ठ्याक्कै एक्ज्याक्ट्ली गर्न सक्ने सहयोग चाहीँ के छ त रु अहिले त म आफ्नो काममा निस्किसकेको छु ।

तपाईँले दुईचारओटा गोप्य कुराहरु हामीलाई उग्राउनुभयो भनेदेखि।।।

गोप्य कुरा अब के हुन्छ र सर रु त्यहाँ अख्तियारले गर्ने काम भनेको एकदम पारदर्शी नै हुन्छ, मैले देखेअनुसार । न त्यहाँ कसैको चिनजान हुन्छ, लौ त भन्ने हो भने त्यहीँ भित्रको हामीले गएर कसैले उजुरी गर्यौँ, त्यहाँभित्र कसैलाई भेट्यौँ भने अख्तियारको मान्छे त्यो निजामती कर्मचारी त कोही पनि चिन्दैनौँ । स्टिङको अलीअली एक दुई जना चिनियो भनेदेखि उहाँहरु हामीसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ । उहाँहरुको मनिटरमा हुन्छौँ । अरु त अख्तियारबाट अरु केही हुँदैन । मलाई त केही जानकारी छैन सर ।

आज।।।आज तपाईँलाई यो देशको ठूलो मान्छेहरुसँग भेट्न बोलाएको हो । यता भित्र जाऔँ न त एकछिन् ।

हस् सर ।

उहाँलाई तपाईँ चिन्नुहुन्छ ?

नमस्ते सर ।

नमस्ते नमस्ते ।

उहाँ चाहीँ हरि उप्रेती सर ।

उहाँसँग यो भन्दा अगाडि पनि चिनजान भाथ्यो होला । सबैभन्दा बढी डीस्कसन नै उहाँ सरसँग हुन्थ्यो ।

उहाँ चाहीँ अन्नपूर्णको अध्यक्ष रामेश्वर थापा हुनुहुन्छ ।

उहाँ चाहीँ कान्तिपुरको अध्यक्ष कैलाश सिरोहिया हुनुहुन्छ ।

हजुर कैलाश सर । नाम चाहीँ सुनेको हो सर । त्यती देखेको चैँ थेन हजुर ।

म तपाईँलाई उहाँ श्रीमान्हरुको अगाडि एक दुईओटा कुराहरु भन्छु । तपाईँलाई इजलासमा गएर के बोल्न मन छ रु

हामीले पाउँछौँ र सर रु त्यहाँ बोल्न पाउँछौँ हामीले ?

पाईहालिन्छ नी रु बोल्न त नपाउने भन्ने कुरै छैन ।

अब ठिक छ । ।।।।जी तपाईँ बोल्नुहुन्छ भने हामी तपाईँलाई अवसर दिन्छौँ । सहयोग हामीलाई गर्नुपर्यो केही ।

अब आज ३० गते भयो ।

हजुर श्रीमान् ।

बैशाख ८ गते तारिख छ । अब त्यतिखेर ८ गते पेशी छ, तपाईँलाई त्यहाँ केही बोल्न मन लाग्या कुरा छ भने तपाईँलाई बोल्ने अवसर हामी मिलाम्ला ।

मलाई म भन्दा पनि अब सरकारी वकिल पनि हुनुहुन्छ । उताबाट बोलिहाल्नुहुन्छ । यतातिर मैले खासै, मैले के बोलम्ला र रु श्रीमान्हरु सबैको अगाडि मैले भन्न सक्ने कुरा केही पनि छैन सर । मैले बोल्नुपर्ने कुरा विशेष अदालतमा बोलिसकेको छु । अब यहाँ केही मैले पर्यो भने यताउता मा चाहीँ कतै सकिने अवस्था त छैन । तैपनि म एकचोटी सल्लाह गर्छु । सरहरुसँग नी एकचोटी सोध्छु ।

ठिक छ सल्लाह गर्नु न ।

सरहरुसँग सल्लाह गरेर म अब किशोर सरसँग उ गर्छु । उहाँले के भन्नुहुन्छ त्यही अनुसारले अब उताबाट हैन बोल्दाखेरी हुन्छ । त्यस्तो केही आउँछ भनेर भन्नुभयो भने म भनम्ला सर । नत्र भने त यसै केही नगरम होला ।

चिया खाउँ ?

चिया ।।।हुन्छ, चिया खाउँ न त सर । के भो र । ब्याक टि खान्छु सर म ।

भाई त्यहाँ ६ ओटा चिया लियर आउनु त ।

।।।। जी । तपाईँले मलाई याद गर्नुभएको छ ?

एकफेरि त हजुरसँग कुरा भाको होला सर फोनमा । हँ।।। सुरेन्द्र काफ्ले भन्ने हजुर होइन ?

हजुर हो ।

त्यतिखेरै कुरा भाको हो सर । पछि हजुरले पनि फोन उठाउनुभएन । म पनि त्यत्तिकै भयो । एकफेर फोन गर्नुभएको थियो ।

म पनि व्यस्त व्यस्तै थिएँ ।

मुद्दा के होला जस्तो लाग्छ ।।।जी तपाईँलाई रु अब मुद्दा जित्नुभयो भने त राम्रै होला । हार्नुभयो भने त दुखी हुनुहोला ।

सर अब मेरो त के जाने हो र रु राज्यको कुरा हो । एउटा चैँ अख्तिायर जस्तो संवैधानिक आयोगको मुद्दा हो । हामी त पीडित मान्छे हौँ सर । हामीलाई कोहीसँग लिनुपनि छैन । मैले जितेँभने अरबौँ पाउने, एउटा चैँ महलै पाउने कुरा हैन सर । भोलि एउटा सिस्टममा जाओस्, कर्मचारीहरुले घुस नखाउन्, सबै सचेत रहुन् । जनताले पनि करप्सनमा सहयोग नगरुन् भन्ने चाहना हो । मैले गरेकै गल्ती हो भनेर राज्यले मलाई न्यायलयले नै मलाई दोषी ठहर भन्छ भने त मैले केही पनि भन्नु छैन । जे हुन्छ अब इजलासमा गईसकेको मुद्दा छ सर । मैले के गर्नु र अब रु मैले यहाँभन्दा भन्नसक्ने नै छैन । हजुरहरु उताको डिफेन्स हुनुहुन्छ । मैले भन्नसक्ने के नै छ र सर ?

अब ।।।जी । विशेष अदालतमा मुद्दा हारेपनि अब सर्वोच्चमा मुद्दा जयनेपाल जीहरुले जित्नुहुन्छ ।

अहिले जित्नुहुन्छ भन्ने आधार त के हो र सर, त्यस्तो केही आधार हुन्छ र रु जस्तो इजलासमा भर्खरै गयो । हारेपनि जितेपनि दुवै पक्षले स्वीकार्ने नै कुरा हो । भर्खर आज ३० गते हुँदैछ सर । अझै एक हप्ता त बाँकी नै छ । म म चैँ यो विषयमा त्यति चासो पनि छैन सर । विशेष अदालतमा उहाँहरुले हारिसक्नुभएको छ । सर्वोच्च आउनुभएको रहेछ । जे हुन्छ हुन्छ म केही भन्न सकिन सर । मेरो तर्फबाट चाहीँ के गर्दा ठिक हुन्छ सर ?

तपाईँले अलिकति सहयोग गर्नुपर्यो । तपाईँले त्यो अख्तियारका भित्री कुराहरु हामीलाई यसो बाहिर भन्न सक्नुहुन्न रु यति सहयोग गर्नुपर्ने भयो तपाईँले हामीलाई ।

त्यस्तो त सम्भव छैन सर । मलाई त, म त्यहाँ भित्रको स्टाफ पनि हैन सर । त्यहाँभित्र मैले त्यसरी उ गरेको छैन । म त्यहाँको सेवाग्राही नै हो । यसो उजुरी गर्छु । निवेदन लेखेर दिन्छु । आउँछु । मेरो बारेमा अख्तियारले पनि बुझ्छ । नियतबस कसैलाई फसाउन लाग्यो कि भनेर बुझेर काम गर्छ होला । अहिलेको यो मुद्दा छ नि सर के हुन्छ यो फैसला भयो भने यसको प्रक्रिया के के हुन्छ ?

यो मुद्दा संवैधानिक इजलासमा पुगेको छ । हो उहाँ श्रीमान् हो । यहीँ हुनुहुन्छ । तपाईँलाई चाहीँ के हुन्छ जस्तो लाग्छ ।।।जी

सर मलाई त यो त्यति आइडिया छैन । मैले देखेको मुद्दा त सरकार पक्षले जित्छ होला जस्तो लाग्छ । मेरो चाहीँ बुझाई । हजुरहरु प्रतिवादीको डिफेन्स हुनुहुन्छ । मैले तपाईँहरुसँग के बोल्नु सर । बोल्ने कुरै छैन खास । म पनि के हुन्छ, मैले बोल्न मिल्ने रैछ भने यताउता म हजुरलाई पछि भन्छु सर ।

अब कैलाश सरले चाहीँ एकछिन तपाईँलाई बाहिर लगेर कुरा गर्नु भन्नुभएको छ । एकछिन बाहिर जाउँ न त।।।जी ।

कैलाश । ए हस् हस् ।

हाँसो

अब हेर्नुस ।।।जी यो केश तपाईँहरुले हार्नुहुन्छ । यसको सबै मिलाईसक्या छ । हाम्रो कैलाश सरले सबै कुरा मिलाईसक्नुभएको छ । तपाईँले हामीलाई त्यसभित्रका बाँकी कुराहरुमा सहयोग गर्नुपर्यो । तपाईँलाई यसमा हामी हिरो बनाएर लैजान्छौँ ।

सर मलाई हिरो बनेर फाइदा के छ त रु हैन, न मेरो केही आउनु न केही जानु । मलाई त देशमा भ्रष्टाचार नहोस्, बेथिति नबसोस्, सबैले सहज तरिकाले काम पाउन् । मैले पनि मेरो काम राम्रोसँग बनोस् भन्ने मेरो चाहना हो । त्यै विषयमा तपाईँहरुजस्तो देशको अग्रज व्यक्तिहरुले विचार गर्नुपर्छ । मुद्दाको फैसला के आउँछ कसो आउछँ भन्दा पनि । मैले बुझेको कुरा यत्ति नै हो ।

यस्तो कुरामा धेरै त्यो पनि गर्नुहुन्न ।।।जी । अब सहयोग गर्नुस् । तपाईँहरुले यो जति भएपनि तपाईँहरुले यो केश हार्नुहुन्छ ।

हारेपनि के गर्नु सर । हारे त सरकारले हार्ने हो नि त । सरकारले हार्ने हो । मैले त के गर्नु सर । के भन्ने सर यस्तो अवस्थामा । बोल्ने ठाउँ नै हुँदैन के ।

अब हेर्नुस् ।।।जी । तपाईँले ८ गते मुद्दा हार्नुहुन्छ । न्युजतिर पनि तपाईँको नाम आउँछ । त्यो भएर पछाडि यो बेइज्जत हुनुभन्दा अहिले नै हामीले भनेको मान्नुस । तपाईँलाई मेरो यो चाहीँ हम्बल रिक्वेस्ट हो ।

हम्।।। । ठिकै छ सर । म नि विचार गर्छु हैन । हजुरहरुले भनेको कुरामा के हुन्छ । म अहिले डिसिजन चाहीँ गर्न सक्दिन । केही रहेछ भने म गरम्ला नी ।

ल ।।।जी । तपाईँको हामीले तीन पुस्ते बायोडाटा पनि निकालेका छौँ । हामीले एकजना प्रतिवादीबाट ४ लाख रुपैयाँ लिएका छौँ । तपाईँलाई त्यसबाट यसो मिलाउँला । अब तपाईँले यी कुरा चाहीँ राम्ररी बुझ्नु मनन् गर्नु । पछि तपाईँले हार्ने केशमा जिद्दी गर्नुभन्दा यतातिर लाग्नुभयो भने राम्रो हुन्छ ।

खोई सर हेरम् । मैले सक्ने मैले गर्छु । नसक्ने अवस्थै रहेछ भने त मैले के भन्नु । सक्ने अवस्थामा चाहीँ म हेरम्ला । मलाई त्यस्तो लोभ लालच चाहीँ केही छैन सर ।

हेनुस् ।।।जी । हामीले सबैसँग सहयोग भनेर पैसा उठाएका छौँ । त्यसैबाट तपाईँलाई पनि हामी पैसा मिलाम्ला । यता खर्चहरुमा राखम्ला । तपाईँको नाम कतैपनि आउँदैन । अब तपाईँलाई काफ्ले सरले मनिटर गर्नुहुन्छ । कैलाश सरले बोलेपछि न्यायाधीशहरुले पनि कुरा काट्नुहुन्न । लगभग फैसला हेर्दैजानुस् ।।।जी । ८ गते अख्तियारले मुद्दा हार्छ ।

आठै गते हुन्छ त सर यो रु फेरि सर्छ कि न ।

८ गते नै फैसला हुन्छ । अब हेर्दै जानुस् ८ गते नै फैसला हुन्छ । अख्तियारले यो मुद्दा हार्छ । त्यही भएर हामीले तपाईँलाई यत्रो रिक्ेवस्ट गरियो । अब हाम्रो कुरा मान्नुस् । तपाईँलाई यसमा फाइदा छ ।

ठिकै छ यसमा म विचार गर्छु सर । हजुरलाई म यसो खबर गर्छु नी पछि सर । काफ्ले सरसँग म कन्ट्याक्ट मै बस्छु । मेरो नम्बर हजुरसँग छँदैछ ।

।।।सर म तपाईँलाई फोन गर्छु भोलि । कन्ट्याक्टमा बसम न ।

हुन्छ सर । म कन्ट्याक्मै हुन्छु ।

हामी कन्ट्याक्ट गछौँ ।

म अहिले निस्कम सर रु मेरो अली हतार पनि छ ।

सोच्नुस् । राम्रोसँग

विचार गर्छु सर । आफ्नो राम्रो होस् भन्ने जसलाई पनि हुन्छ । मेरो बिन्ती छ सर, मैले श्रीमान्हरुलाई पनि भनेँ । मेरो तर्फबाट कुनै कमी कमजोरी रहेछ भने, म हजुरहरुसँग क्षमा माग्छु ।

हुन्छ । ।।।जी अहिलेसम्म भएका कुराहरुमा यसो विचार गर्नुस् । अहिलेसम्म हामीले यत्रो कुरा गरियो । विचार गर्नुहोला । तपाईँलाई बीचमा काफ्ले सरले फोन गर्नुहुन्छ । उहाँसित कन्ट्याक्टमा रहँदै गर्नुस् ।

हस् हस् सर । हुन्छ हस् । पछि कन्टयाक्टमा बस्छु नी ।

हास । हस । हस ।

बाहिर निस्केपछि।।।

सर नमस्ते हजुर । सर म गएको थिएँ हजुर यहाँ । भित्र लैजानुभयो । दुई तीनओटा कोठामा बस्नुभएको रहेछ ।

तीनकुने सर तीनकुने । ठ्याक्कै म यो अन्नपुर्ण पोष्टको अफिस छ नी त्यहीँ ।

हजुर सर । यस्तो भन्नुभयो । उहाँहरु सबैजना त्यहाँ हुनुहुँदोरहेछ । आनन्दमोहन भट्टराई कि के भन्ने हुुनुहुन्थ्यो । उहाँहरुसँग चाहीँ मेरो कुरा भएन । नमस्ते भन्दा नमस्ते फर्काउनुभयो । गजक्क परेर बस्नुभएको थियो । अरु केही भएन । विशेष फोकस चाहीँ किशोर विष्ट हुनुहुन्थ्यो नी उहाँहरुकै लयर्स हो । उहाँहरुले अलीकति उ गर्नुभयो । मिल्छ भने त्यहाँभित्रको अलीकती कुराहरु भनिदिनुस् । के के हुन्छ यस्तो यस्तो सोध्नुभयो । मैले चाहीँ त्यो कुरा गरेन सर । त्यस्तै मोटामोटी भयो सर । उहाँहरुको गोप्य कुरा के रहेछ भने जति वटा फाइलहरु थ्यो नि प्रतिवादीहरु । उहाँहरुले चाही ४ लाखको दरले पैसो उठाउनुभएको छ रे । खर्चको लागि । लसर्य फिहरु यताउता, अदालत सेटिङ भन्दैहुनुहुन्थ्यो । तपाईँको भलोको लागि त्यही खर्चबाट तपाईँलाई हामी अलीकती पैसा मिलाइदिन्छौँ । तपाईँ आफ्नो लागि गर्नुस् । त्यस्तै खाले कुराहरु भए सर । कैलाश सिरोहिया पनि हुनुहुन्थ्यो । अनी अन्नपुर्णको रामेश्वर थापा । पत्रकार सुरेन्द्र काफ्ले । अनी अरु अरु हुनुहुन्थ्यो सर त्यहाँ । अहिले त रात पनि परिसक्या छ सर । भोलि बिहान भेटम् नत्र पर्सि २ गते बिहान भेटम न सर । रेकर्ड गरेको त थाहा पाएनन् सर उनीहरुले । थाहा छैन, थाहा छैन । मैले सरहरुसँग सल्लाह गर्छु । मैले म बोल्दिन । मलाई केही पनि थाहा छैन भने । त्यहाँ गएर बोलेपछि उनीहरुले जानाजान फसाएको हो भनेर भन्ने हिसाबले बोल्न भन्छन् । हामी त्यसरी बोल्न सक्दैनाँै नि त सर । हामी भिक्टिम भएको ठाउँको कुरा गर्ने हो । उनीहरुले भनेर मात्रै त त्यो कुरा हुँदैन सर । हरेक कुराहरुको पछाडि केही न केही रिजन त खोज्छ नि त । त्यै भएर मैले त्यस्तै मोटामोटी कुरा राखेँ । उहाँहरुले अलिकति प्रेसर गर्नेखालको कुरा गर्नुभा छ । हुँदैन नै भनेको छु मैले । यो सबै गर्ने भनेको कान्तिपुर र अन्नपूर्ण रहेछन् । अख्तियारले मुद्दा लगभग हार्छ सर । ।उनीहरुहरुले सेटिङ मिलाईसके । हामीले हजुरलाई भन्ने हो । हजुरले माथि कुरा गर्नु न सर । हुन्छ हस् ।

‘द डार्क फाइल’ को दोस्रो शृङ्खला प्रतिक्षा गर्नुहोस् ।

साभार: सिधाकुरा अनलाइन