प्रतिनिधि सभाको आज तेस्रो बैठक बस्दै (कार्यसूची) सहित

प्रतिनिधि सभाको आज तेस्रो बैठक बस्दै (कार्यसूची) सहित

काठमाडौं । प्रतिनिधि सभा  हिउँदे अधिवेशन अन्तर्गत आज तेस्रो बैठक बस्दै छ ।

गत १८ गतेदेखि सुरु भएको आज बैठकको तेस्रो दिन दिउँसो १ बजेका लागि बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गर्ने, गृहमन्त्री रमेश लेखकले विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यजविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता लिने साथै अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसूर तथा सजाय विधेयकमाथि छलफल गरियोस् भन्ने  प्रस्ताव प्रस्तुत गर्ने समेत कार्यसूची रहेको छ ।

राष्ट्रिय सभाको बैठक पनि आज दिउँसो सवा १ बजे बस्दैछ ।

लोकप्रिय