वर्षमानसँगको टेलिफोन वार्ता गलत ढङ्गले प्रचारबाजी भएको भन्दै पोखरेलको आपत्ति

वर्षमानसँगको टेलिफोन वार्ता गलत ढङ्गले प्रचारबाजी भएको भन्दै पोखरेलको आपत्ति

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँगको टेलिफोन वार्ताबारे गलत ढङ्गले प्रचारबाजी भएको भन्दै स्पष्टीकरण दिनुभएको छ ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै पोखरेलले पुनसँगको फोनमार्फत् संम्वादको विषय नेताका बीचमा शिष्टाचार हुने कुराकानीलाई गलत प्रचारबाजी गरेको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो । शनिबार माओवादी केन्द्रका उपमहासचिव पुनले एमाले महासचिव पोखरेलले टेलिफोन गरेर अध्यादेश पारित गर्न सहयोग मागेको बताउनुभएको थियो ।

पार्टी कामको सिलसिलामा पाल्पा पुगेका बेला पोखरेलले टेलिफोन गरेको  जानकारी दिँदै  कुराकानीको क्रममा आफूले अध्यादेशमा सरकारलाई सघाउन नसक्ने स्पष्ट पारेको पुनले बताउनुभएको छ । एमाले महासचिव पोखरेलले पुनसँगको संवाद कम्युनिष्ट एकताको सन्दर्भमा पनि हुनसक्ने संकेत गर्दै नेकपा एमालेको नीति स्पष्ट रहेको उल्लेख गर्नुभएको छ ।पुनलाई फोन गर्नुको कारण कम्युनिष्टलाई प्रबल बनाई विगतमा भएका त्रुटिलाई सच्याईं एकताबद्व हिसाबले वातावरण तयार गर्नु पनि त हुन सक्ने उहाँले जिकिर गर्नुभएको छ ।

लोकप्रिय