भ्रष्टाचारको प्रकृति र स्वरूप परिवर्तन भइरहेकोले अनुसन्धानमा आधुनिकीकरण हुनुर्पछ: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचार तर्फ पुर्याउने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचारमा अनावश्यक मोहले प्रक्रिया र प्रणालीको दुरुपयोग नियन्त्रणका लागि सबैले आफु सकारात्मक भई कदम चाल्दा मात्रै भ्रष्टाचार मुक्त समाज र सुशासन राष्ट्रको रुपमा देशलाई स्थापना गर्न सकिने बताउनुभएको हो । भ्रष्टाचारको प्रकृति र स्वरूप परिवर्तन भइरहेकोले त्यस अनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकीकरण गर्दै जानुपर्ने उहाँले बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले शक्ति र पद हुँदैमा जोकोही पनि कानून र जबाफदेहिताबाट मुक्त हुँदैन भन्ने अख्तियारले आम नागरिकमा विश्वास जागृत गराउन सक्नुपर्ने भएकोले पछिल्लो समयमा यो चुनौतीको विषय बन्दा यसमा सम्बद्ध पक्षको ध्यानाकर्षण समेत गराउनुभएको छ । ठुला प्रकृतिका सार्वजनिक खरिदका विषयमा विसङ्गति देखिएको र सम्बन्धी विधेयकहरु लामो समयसम्म किराना नलाग्दा त्यसमा राज्य पक्ष र अख्तियार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा राष्ट्रपति पौडेलले उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा उपसचिव विष्णुराज बेल्बासे र प्रहरी नायब उपरीक्षक कमल कुमार खड्का सम्मानित गरे । यसैगरी नापी अधिकृत रुबिना शाही उत्कृष्ट अख्तियार सेवा पुरस्कारबाट सम्मानित भइन् । कार्यक्रममा राष्ट्रपति पौडेलले विभिन्न पत्रकार एवं लेखकहरुलाई पनि कदरपत्रसहित सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस्