चैत्र २० भित्र संसदको चालु अधिवेशन अन्त्य गर्न सरकारलाई दबाव

काठमाडौं । प्रतिनिधि सभाका सभामुख घिमिरे अन्तरव्यवस्थापिका सङ्घको बैठकमा सहभागी हुन उज्बेकिस्तान जाने भएका छन् ।
सभामुख घिमिरे बैठकमा सहभागी हुन चैत २२ मा उज्बेकिस्तान जान लागेकाले चालु अधिवेशन आगामी चैत्र २० गतेभित्र अन्त्य गरिसक्नुपर्ने सरकारलाई दबाव रहेको हो । सरकारले त्यसअघि नै सङ्घीय संसदबाट प्रतिस्थापन विधेयक पारित गरी प्रमाणीकरण पनि गराउनु पर्ने भएको छ । आइतबार प्रतिनिधि सभाको बैठक बस्दै छ भने राष्ट्रिय सभाको बैठक चैत्र ४ गतेका लागि बोलाइएको छ । १५ दिनको बिचमा सरकारले सभामा पेस गरेर राष्ट्रपतिबाट समेत विधेयक प्रमाणीकरण गरिसक्नुपर्छ । समय कम रहेकाले संसदलाई धेरै चाप रहेको बुझ्न सकिन्छ ।
जसअनुसार सरकारले ३१ वटा कानुनमा संशोधन गर्नेगरी ल्याएका ६ वटा अध्यादेशहरू चैत्र १८ गतेसम्म प्रमाणीकरण गराइसक्नुपर्नेछ । सोही प्रक्रियाअनुसार संसदमा स्वीकृति भई प्रक्रिया अघि बढिसकेको छ । जसअन्तर्गत प्रतिनिधि सभाले फागुन २८ गतेको बैठकबाट दुई वटा विधेयक पेस गरिसकेको छ । अब बाँकी तीन वटा विधेयकको प्रक्रिया अघि बढाउन बाँकी छ भने भूमि सम्बन्धी अध्यादेशको प्रक्रिया अघि बढ्न सकेको छैन ।
प्रतिकृया दिनुहोस्