मकवानपुर क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानलै विजयी

मकवानपुर क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानलै विजयी

काठमाडौं । मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघको प्यानलै विजयी भएको छ ।

जितसँगै अनेरास्ववियुले ३ वर्षअघि गुमेको विरासत फर्काएको छ । स्ववियु निर्वाचन-२०८१ अन्तर्गत ५ चैतमा भएको निर्वाचनबाट अनेरास्ववियुका प्रसिद्ध रेग्मीले ७०६ मत ल्याएर मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएसँगै अनेरास्ववियुले ३ वर्षअघि गुमेको विरासत फिर्ता ल्याएको हो ।

लोकप्रिय