बार निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार विजयी

बार निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार विजयी

काठमाडौं । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रको प्यानल अध्यक्ष पदमा निर्वाचित भएको छ । मिश्रले पाँच हजार ५२ सय मत ल्याएर विजयी हुँदा माओवादी लगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले दुई हजार ६ सय २१ मत मात्रै प्राप्त गरेका थिए ।

यस्तै महासचिवमा पनि कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला चार हजार आठ सय ७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले दुई हजार तीन सय ६७ मत प्राप्त गरेका थिए ।

अन्य सबै पदाधिकारीमा कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।

लोकप्रिय