कांग्रेसको क्षेत्रीय कार्यालयमा आकस्मिक पुगे सभापति देउवा

कांग्रेसको क्षेत्रीय कार्यालयमा आकस्मिक पुगे सभापति देउवा

 

भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर क्षेत्र नं. २ को पार्टी कार्यालयमा आकास्मिक निरीक्षण भ्रमण गरेका छन्। निरिक्षणको क्रममा सभापति देउवाले क्षेत्रका नेताहरुका साथै स्थानीय नेता कार्यकर्ताहरूसँग भेटघाट गर्नुका साथै पार्टी संगठनलाई अझ सशक्त बनाउने विषयमा मार्गनिर्देशन प्रदान गरे।

सभापति देउवाले कार्यकर्ताहरूको मनोबल उच्च बनाउने सन्देश दिंदै, आगामि दिनहरुमा आई पर्ने चुनौतिहरु सामना गर्न सक्रियताका साथ लाग्न निर्देशन दिएका थिए। साथै संगठनभित्र र बाहिर देखिएका चुनौती र सम्भावनाहरूबारे खुलेर छलफल गरेका थिए । उनको उपस्थितिले क्षेत्रीय कार्यकर्ताहरूमा नयाँ ऊर्जा थपिएको नेताहरूले बताएका छन्।

यो महत्वपूर्ण भेटघाटको समन्वय र सम्भव बनाउने कार्यमा विशेष भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व उपसभापति तथा पूर्व उपप्रधानमन्त्री माननीय विमलेन्द्र निधि, भक्तपुर कांग्रेस सभापति माननीय दुर्लभ थापा र सभापति देउवाका स्वकीय सचिव भानु देउवाप्रति क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्कीले हार्दिक आभार प्रकट गरेका छन्।

क्षेत्रीय सभापति कार्कीले देउवा जस्तो शीर्ष नेताको सन्देश र साथ पाउनु क्षेत्रीय संगठनका लागि प्रेरणादायक भएको बताएका छन्। उनले आगामी दिनहरूमा संगठनलाई अझ सुदृढ र जनमुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

लोकप्रिय