अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया विजयी

अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया विजयी

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया विजयी भएका छन् ।

बिहीबार भएको मतदानमा कडरियाले ७३२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटम प्रतिष्पर्धी प्रकाश पौडेलले ७२५ मत प्राप्त गरेका थिए । डा। कडरिया केवल ७ मतको अन्तरले विजयी भएका हुन् । त्यस्तै उपाध्यक्ष खुलामा ई। विकास श्रेष्ठले ७०८ मत प्राप्त गर्दै विजयी भएका छन् भने उपाध्यक्ष महिलामा अञ्जना सिवाकोटीले ७७५ मत प्राप्त गर्दै विजयी भएकी छन् ।

महासचिवमा दिपक धामीके ७८५ मत प्राप्त गरेर विजयी भएका छन् भने उपमहासचिवमा कमल जोशीले ८१६ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यस्तै सचिवमा आकाश घर्ती, रचना सापकोटा, समिम बाबु र गोपाल नेपाल विजयी भएका छन् । विद्युतीय मेसिनबाट भएको मतदानमा १५५१ प्रतिनिधि मध्ये १४५० प्रतिनिधिले मतदान गरेका थिए ।

लोकप्रिय