April 20, 2021, Tuesday
२०७८ बैशाख ७

माघ १९ गते देखि माघ २५ गते सम्मको साप्ताहिक राशिफल

मेष

कार्य सफल बनाउन थप मेहनत गर्नुपर्नेछ । प्रेमिका नौलोउपहारकोअपेक्षामा छिन्, भावना बुझ्दा उत्तम हुनेछ । मित्रको सल्लाहबाट विदेशमा अध्ययनकोअवसर जुर्न सक्छ, विलम्ब नगर्नुहोला । झन्झटिला कार्यकोबोझ आइलाग्दा सचेत भई कार्य सम्पन्न गर्नुपर्नेछ । कालो रंगकोसवारी साधन चलाउँदा सचेत रहनुहोला ।

बृष

भौतिक साधनको उपयोगबाट अरूकोमन लोभ्याउन सकिनेछ । मन पराउने साथीकोभावना कदर गर्दा उचित हुनेछ । नयाँ एवं पुराना कार्यको प्रतिफलले अन्य योजना बनाउन सहयोग पु¥याउनेछ । सामूहिक लगानीमा नयाँ कार्यकोप्रारम्भ गर्नेमत मिल्नेछ । सुनौलो रंगको अनुसरणले परिणम नजिक पुगिनेछ ।

मिथुन

प्रतिस्पर्धाबाट प्राप्त उपलब्धिले विदेशको यात्रा तय गर्नेछ । सहयोगीलेदिएको सुझावकोउपेक्षा नगर्दा लाभ पुग्न सक्छ । खरिद गरिएका सामान छुट्न सक्छन्, होस पु¥याउनुहोला । विलासिताका सामग्रीको खरिदमा पारिवारिक मत मिल्नेछ । भोजभतेरमा संयमपूर्वक मनोरञ्जन गर्नुहोला । बढी विश्वासलेबेफाइदा नैहुन सक्छ ।

कर्कट

आकर्षक रोजगारीहात लाग्नाले चर्चित भइनेछ । आर्थिकलाभ होला । ठूलो लगानीगरी व्यवसाय प्रारम्भगर्दा विदेश यात्राकोमौका जुर्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागीहुँदा विवेक
पुर्‍याउनुपर्नेछ । घरायसी सजावटमा नवनिर्मित सामग्री खरिदगरी अरूको प्रशंसाबटुल्न सकिनेछ ।

सिंह

आफ्नो प्रतिभा प्रस्तुत गरी इनाम प्राप्त गर्न सक्नुहुनेछ । तथ्य कुरा पत्ता लगाई असहज परिस्थतिको सामना गर्न सकिनेछ । उथलपुथल पारिवारिक वातावरणबाट अनन्त साथ पाइनेछ । मन मिल्ने साथीको सुझाव विश्वास गर्नाले पछि परिएला । प्रेमको नाटक गरी झुक्याउनेसँग सचेत हुनुपर्नेछ ।

कन्या

ठूला खालेव्यावसायिक योजना तर्जुमा गर्दा फजुल धन खर्च हुन सक्छ । लगानीका क्षेत्रबाट सोचेभन्दा कमैप्रतिफल हात पर्नेछ । प्रेमिकासँगकोखटपटमा वादविवाद नगर्दा नैफलिफाप हुनेछ । काममा बेवास्ता गर्नाले अवसर अरूले उछिन्न सक्छन् । गोष्ठी–समारोहमा समावेश हुँदा नेतृत्वमूलक भूमिका पाइनेछ ।

तुला

प्रशस्त आम्दानी हुनेकार्य गर्दापरिवारबाट प्रशंसा पाइनेछ । प्रेमिकाले भावी कार्ययोजना बढीनै मन पराउनेछिन् । गोपनीयता अवलम्बन गरेसहज महसुस होला । दान तथा पूण्य कार्यलेतपाईंको व्यवसाय स्वतः उचाइमा पुगी रोकिएका कामसमेत बन्न सक्छन् । साताकोअन्त्यतिर स्वास्थ्यमा ध्यान दिनुपर्नेछ ।

विश्चिक

व्यवसायमा प्रबल नेतृत्व गर्ने अवसरको जिम्मेवारी प्राप्त गरिनेछ । कार्य सञ्चालनमा यदाकदा अवरोध तथा कठिनाइ भनेमहसुस हुनेछ । कार्यव्यस्ततामा रुमल्लिँदा प्रेमिका चिढिन सक्छिन्। रोजगारीका नयाँ अवसरहात पार्न थप मेहनत गर्नुपर्नेछ । विपक्षीको छलकपट र जालझेलमा भने सावधानी अपनाउनुपर्नेछ ।

धनु

अध्ययनका सिलसिलामा विदेशमा पाइला टेकिनेछ । भ्रमणका क्रममा नातेदार तथा कुटुम्बसित भेट भई मनोरञ्जन लिँदा खर्चले पिरोल्नेछ । व्यावसायिक क्षेत्रमा सुधार भई धातुको कारोबारबाट मुनाफा हात लाग्ने सम्भावना छ । पहेलो रंग अवलम्बन गर्नाले बोलीको थप प्रभाव पर्नेछ । परोपकार तथा दान–पूण्यलेथप मानसिक शान्ति पाइनेछ ।

मकर

पारिवारिक मनमुटाव तथा खटपटमा निराशा छाउँदा पे्रमिकालेथप ऊर्जा दिलाउनेछिन् । अध्ययनमा गरिएको वैदशिक लगानी खेर जानेछैन । आर्थिक संकट पर्ला । मित्रहरूकोआर्थिक सहयोग ढिलो प्राप्त भई अवसर गुम्दा मन खिन्न हुनेछ । साधन चलाउँदा र मनोरञ्जन गर्दा सावधानी अपनाए बेसै हुनेछ ।

कुम्भ

प्रेमिकासँगको भ्रमणले अरूकोमन लोभ्याउनेछ । राज्यस्तरमा थालिएका प्रशासनिक कार्यबाट सहयोग नैमिल्नेछ । बिनायोजना पहिरन तथा गहना खरिद गर्दा खर्चलेपिरोल्न सक्छ । पारिवारिक सल्लाहले चुनौतीलाई परास्त गर्न सहज हुनेछ । साताकोअन्त्यतिर दान–पूण्यमा सहभागी हुँदै मठ–मन्दिर परिक्रमा गरिनेछ ।

मीन

साता सामान्य तवरले गुज्रनेछ । परिस्थिति पहिचान गरी पुरुषार्थ गरेमा प्रतिष्ठा पाइनेछ । मित्रलेदिएका वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । अनुकूल तथा प्रतिकूल अवस्थामा अरूकोमुख ताक्नालेपछि परिएला । राजनीतिक विचार परिवर्तन भई परोपकार तथा पूण्य आर्जन गर्न संलग्न भइनेछ ।

भर्खरै

लोकप्रिय