मिस वर्ल्ड प्रतियोगितामा यौन हिंसाको आरोप

मिस वर्ल्ड प्रतियोगितामा यौन हिंसाको आरोप

काठमाडौं । ब्युटी प्याजेन्टमा प्रतिस्पर्धीहरु यौन हिंसाको शिकार भएको घटना बाहिरीरहेका हुन्छन् । नेपालमा मात्रै होइन् विभिन्न देशमा यस्तो घटना बाहिरिएको पाइन्छ ।

यस्तै नकारात्मक घटनाले ब्युटी प्याजेन्टलाई नराम्रो रुपमा ग्रहण गर्ने तप्का पनि छन् । अहिले ब्युटी प्याजेन्टको सबैभन्दा ठूलो मञ्चमा ‘मिस वर्ल्ड’मा पनि यौन हिंसा भएको एक प्रतिस्पर्धीले आरोप लगाएकी छन् ।

ती प्रतिस्पर्धी हुन्–मिस इङ्ग्ल्यान्ड मिला म्यागी । उनी भारतको हैदराबादमा जारी मिस वर्ल्ड २०२५ मा इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै सहभागी भएकी थिइन् ।तर, उनी बीचमै प्रतियोगिताबाट बाहिरिन् । उनले आयोजकको संरक्षणामा यौन हिंसा भएकाले प्रतियोगिताबाट बाहिरिने निर्णय लिएको खुलासा गरेकी छन् ।
प्रतियोगितामा सहभागी युवतीहरूलाई प्रायोजक वृद्ध पुरुषहरूसँग ‘समय बिताउन’ र ‘मनोरञ्जन गराउन’ उक्साइने गरेको उनले बताएकी छन् ।

लोकप्रिय