सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी विधेयकमा छलफल
काठमाडौ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय स्वयम्भू हलचोकमा सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी विधेयक, २०८१ को मस्यौदामा छलफल सम्पन्न भएको छ ।
गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्य तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललको उपस्थितीमा भएको छलफल कार्यक्रममा निमित्त गृहसचिव नारायण प्रसाद भट्टराईले कार्यक्रमको उद्देश्य र विषयबस्तुमाथि प्रकाश पारेका थिए ।
यसैगरी गृहमन्त्रालय कानून महाशाखाका सह–सचिव भरतमणी रिजाल र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक युवराज अर्यालले सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को मस्यौदा प्रस्तुतीकरण गरेका थिए ।
१६ वर्षे पेन्सन अवधी, अवकाश उमेर हद, ३० वर्षे सेवा अवधी लगायतका विषयहरुमा छलफल गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालयका पदाधिकारी, तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस्