गोली प्रहारबाट बाराका शिक्षक स्वर्णकारको मृत्यु

गोली प्रहारबाट बाराका शिक्षक स्वर्णकारको मृत्यु

काठमाडौं । गोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ । उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिएका छन् ।

शिक्षक स्वर्णकारलाई मोटरसाइकल चढेर आएका व्यक्तिहरूले सोमबार दिउँसो करिब सवा १ बजेतिर गोली प्रहार गरेका थिए । उनको घाँटी र टाउकोमा गोली लागेको थियो ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल स्वर्णकारमाथि अज्ञात समूहले गोली प्रहार गरेका थिए ।

स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्ज लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए । उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

लोकप्रिय