गाजामा युद्धविराम गर्ने राष्ट्रसंघीय प्रस्तावको पक्षमा नेपाल सहित १५३ देशले गरे मतदान

गाजामा युद्धविराम गर्ने राष्ट्रसंघीय प्रस्तावको पक्षमा नेपाल सहित १५३ देशले गरे मतदान

एजेन्सी । गाजामा तत्काल युद्धविराम गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावमा नेपालसहित १५३ मुलुकले पक्षमा मतदान गरेका छन् । मंगलबार राष्ट्रसंघको आपतकालीन सभामा गरिएको युद्धविरामको प्रस्तावको पक्षमा नेपाल, भारत, चीनलगायत १५३ मुलुकले मतदान गरेका हुन् ।

बहुमत देशले पक्षमा मतदान गरेपछि गाजामा तत्काल युद्धविराम गर्ने राष्ट्रसंघको प्रस्ताव पारित भएको भएको छ । संयुक्त राज्य अमेरिकासहित १० देशले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका छन् । बेलायत, युक्रेन लगायत २३ देशहरू मतदानमा सहभागी भएनन् ।

संयुक्त राष्ट्रसंघले गजामा युद्धविराम गरी तत्काल त्यहाँ मानवीय सहायता पु¥याउनुपर्ने र बन्धक बनाइएकाहरूलाई बिनासर्त छाड्नुपर्ने बताएको छ ।

एकसाता अघि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युएइले गरेको गाजामा युद्धविराम गर्ने प्रस्तावको पक्षमा १५ मध्य १३ देशले मतदान गरेपनि संयुक्त राज्य अमेरिकाले भिटो प्रयोग गरी निष्प्रभावी तुल्याएको थियो । अक्टोबर ७ को आक्रमणलाई संयुक्त राष्ट्रसंघले निन्दा नगरेको भन्दै अमेरिकाले लगातार युद्धविरामको विपक्षमा मतदान गर्दै आइरहेको छ ।

ठूलो संख्यामा नागरिकहरू मारिएपछि संयुक्त राष्ट्रसंघले यसअघि पनि युद्धविराम गर्ने आह्वान गरेको थियो । गत नोभेम्बर २७ मा पनि गाजामा युद्धविराम गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावलाई १२० देशले पक्षमा मतदान गरेका थिए । त्यतिबेला ४५ देशहरूले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

लोकप्रिय