मंगोलियाको तापक्रम माइनस ४६.२ डिग्री सेल्सियस सम्म पुग्यो, जनजिवन नराम्रो संग प्रभावित

मंगोलियाको तापक्रम माइनस ४६.२ डिग्री सेल्सियस सम्म पुग्यो, जनजिवन नराम्रो संग प्रभावित

एजेन्सी । मंगोलियाको अधिकांश भूभागमा तापक्रम घट्दै गएपछि जनजीवन कष्टकर बनेको हो । बिहीबारदेखि पश्चिमी मङ्गोलियन प्रान्त जाभखानको प्रशासनिक उपविभाग टेस सोममा तापक्रम माइनस ४६.२ डिग्री सेल्सियसमा झरेको छ ।

देशका अन्य भागमा पनि माइनस २१ डिग्री सेल्सियसभन्दा बढी चिसो रहेको मंगोलियन मौसम विभागले जनाएको छ । आगामी केही दिन अझै देशभर हिउँ पर्ने क्रम जारी रहने अनुमान गरिएको छ । मौसम विभागले सम्भावित प्रकोपहरूबाट थप सावधानी अपनाउन आग्रह गरेको छ ।

लोकप्रिय