एक बर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने

एक बर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । पुस १० गते सरकार एक वर्ष पुगेको अवसर पारेर राष्ट्रको नाममा सम्बोधन गर्न लागेको शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा पार्टीको कार्यक्रमलाई सम्बोधनका क्रममा बताएका छन् ।

‘मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको पुस १० गते एक वर्ष हुँदैछ । यो एक वर्षमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम भएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने,‘एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठूलो सम्बोधन गर्दैछु ।’ उनले प्रतिवद्धता गरेअनुसारका काम नभएका मन्त्रालयमा मन्त्री फेरेर भए पनि कामलाई गति दिने बताएका छन् ।

लोकप्रिय