उद्यमीहरुलाई डिजिटल वित्तीय साक्षरता कार्यक्रम

उद्यमीहरुलाई डिजिटल वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । एनएमबि बैंक र संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (USAID) सँगको सहकार्यमा विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको छ ।

उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउनमा कार्यक्रम केन्द्रित भएको थियो । कार्यक्रममा विभिन्न उद्योगहरूबाट १ सय १० भन्दा बढी सहभागीहरू सक्रिय रूपमा छलफलमा संलग्न थिए ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

लोकप्रिय