काठमाडौंको फोहोर व्यवस्थापन गर्न नसकेका मेयर शाक्य प्रधानमन्त्री देउवासंग हार गुहार गर्दै !

काठमाडौंको फोहोर व्यवस्थापन गर्न नसकेका मेयर शाक्य प्रधानमन्त्री देउवासंग हार गुहार गर्दै !

काठमाडौ , भदौ ९। मैले बोलेर होइन काम गरेर नगरबासीलाई देखाई दिन्छु भनेर स्थानीय निर्वाचनको क्रममा ठाउँ ठाउँमा बोल्दै हिँडेका काठमाडौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काठमाडौँमा जताततै डुङडुङ्ती गन्हाउने दुर्गन्धको अवस्था पारेर आफ्ना नगरबासीका सामु पूर्णतया असक्षम सावित भएका छन । अरु काम त परै जावस राजधानी समेत भएका महानगरमा यस्तो कोरोना महामारीको सन्त्रास फैलिएको समयमा पनि लामो समयदेखि जताततै फोहोर थुप्रिँदा पनि त्यसको उचित व्यवस्थापन गर्न सकेनन ।

यहाँको फोहोर व्यवस्थापन समस्या निरन्तररुपमा आउन थालेपछि यसको समाधानका लागि मेयर शाक्यले मंगलबार बञ्चरेडाँडा ल्यान्डफिल साइट र सो साइटसम्म पुग्ने सडक तत्काल बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध पत्र पठाएका छन ।

शहरी विकास विभाग, सडक विभाग र सरोकारवाला निकायसँग पटक पटक कुराकानी गर्दा समेत समस्या समाधान हुन नसकेपछि हार मानेर अहिले आएर प्रधानमन्त्री देउवाकै ध्यानाकर्षण गराउन मेयर शाक्यले निवेदन पत्र पठाएका हुन ।

पत्रमा लेखिएको छ , वञ्चरेडाँडा ल्यान्डफिल साइट हालसम्म पनि निर्माण सम्पन्न नभएको र सो साइटमा जाने बाटोसमेत निर्माण हुन नसकेको कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा तत्काल ल्यान्डफिल साइट र बाटो निर्माण सम्पन्न गरी उपत्यकाकको फोहोरमैला व्यवस्थापन सहजताकासाथ आवश्यक कारबाही अगाडि बढाउन अनुरोध गर्दछु ।

मेयर शाक्यले भने, ‘उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन थालेपछि सरकार प्रमुखको हैसियतमा प्रम देउवालाई यसका काम सहयोग गरिदिन पत्र लेखेको हुँ ।’

 

पत्रमा दुई वर्षका लागि निर्माण गरेको नुवाकोट जिल्ला ओखरपौवामा पर्ने सिसडोल ल्यान्डफिल साइटमा १६ वर्षसम्म फोहोरको अन्तिम विसर्जन गरिरहेको र अब उक्त स्थानमा फोहोर व्यवस्थापन गर्न स्थानअभाव भएको कारण थप फोहोर थुपार्न सम्भव नभएको समेत उल्लेख छ ।

लोकप्रिय