एमाले अध्यक्ष ओली अचानक अस्वस्थ, अत्यावश्यक बाहेककाे भेटघाट बन्द

एमाले अध्यक्ष ओली अचानक अस्वस्थ, अत्यावश्यक बाहेककाे भेटघाट बन्द

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष  तथा निवर्तमान र्वप्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्वस्थ भएका छन्। एमाले पार्टी विभाजनपछि त्यसकाे असर कम गर्न  नेता कार्यकर्तासँगको एकाएक बढेकाे भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि अस्वस्थ भएको उनका प्रेस सहहयोगी रामशरण बजगाईंले जानकारी दिए।

हाल भक्तपुरकाे बालकोटस्थित  आफ्नाे निवासमै ओलीआराम गरिरहेका छन्। अति अत्यावश्यक बाहेक सबै भेटघाट पनि हाल बन्द गरिएको बजागाईंले बताए। नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओली पार्टी स‌ंगठन मजबुत बनाउन पुरै सक्रिय भएका थिए।

लोकप्रिय