कुकुरसँग यौन सम्बन्ध राखेको आरोपमा एक महिलाविरुद्ध अदालतमा सुनुवाइ सुरु

काठमाडौं। आफ्नै घरमा पालिएकाे कुकुरसँग शारीरिक सम्बन्ध राखेको आरोप लागेकी एक महिला विरुद्ध अदालतमा सुनुवाइ सुरु भएको छ । यी महिलामाथि पशु अधिकारको हननसहितका आरोप लगाइएको छ । युराेपीएन मुलुक आयरल्याण्डकी २९ वर्षकी यी महिलाविरुद्धको सुनुवाइको क्रममा अभियोजकले अदालतमा यी महिलाले रटविलर कुकुरसँग सम्बन्ध बनाएको र उनीविरुद्ध प्रमाण जुटाउने काम पूरा भएको बताए ।

द सन को रिपोर्टअनुसार यी महिलामाथि डिसेम्बर २०१९ मा मिश्रित प्रजातिको रटविलर कुकुरसँग आफ्नै घरमा अप्राकृतिक शारीरिक सम्बन्ध बनाएको आरोप छ । सुनुवाइको क्रममा डबलिनमा न्यायाधीश ट्रिसा केलीसमक्ष अभियोजन पक्षले महिलाविरुद्ध प्रमाण जुटाएको बताएका छन् । अभियोजन पक्षले प्रमाण अदालतमा पेश गर्न तयार भएको बताएको छ ।

अदालतमा महिलाका वकिलले महिला तत्काल सहरमा उपलब्ध नभएको बताउँदै अदालतसँग थप समय मागेका थिए । त्यसपछि न्यायाधीश केलीले अर्को सुनुवाइ यो महिनाको अन्त्यसम्मका लागि स्थगित गरेकी छिन् । उनले अर्को सुनुवाइमा महिलालाई अदालतमा उपस्थित हुन आदेश दिएकी छिन् । अर्को सुनुवाइमा अभियोजन पक्षले महिलाविरुद्ध प्रमाण पेश गर्नेछ । यो मुद्दा माथिल्लो अदालतमा समेत पेश गर्न सकिन्छ जुन अदालतसँग कडा सजाय दिने अधिकार छ ।

यो मुद्दामा बचाउ पक्षको अपिलपछि अदालतले यो केसको अस्थायी मिडिया रिपोर्टिङ प्रतिबन्धलाई अझै केही समयको लागि बढाएको छ । अदालतले आरोपी महिलाको पहिचान उजागर नहोस् भन्ने उद्देश्यले यो आदेश पारित गरेको हो । मिडियालाई आरोपीको पहिचान उजागर गर्नबाट रोक्नको लागि अन्तरिम रिपोर्टिङमा प्रतिबन्ध गएको जूनमा लगाएको थियो ।

लोकप्रिय