राष्ट्रपतिद्वारा संसदको दुबै सदनको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसदको दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं, भदौ १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गते दिउँसाे ४ बजेका लागि संघीय संसदका माथिल्लाे र तल्लाे गरी दुबै सदनको बैठक आह्वान गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेकाे साेही अनुसार सो अधिवेशन आव्हान गरिएको राष्ट्रपति कार्यालयबाट शनिवार जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि आजै बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गते बुधबार ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै बैठक बोलाउन राष्ट्रपति  समक्ष सिफारिस गरेकाे सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका थिए ।