संसद् अधिवेशन आजदेखि सुरु

संसद् अधिवेशन आजदेखि सुरु

काठमाडौं, भदाै । नेपालकाे संबिधान अनुसार संघीय संसद्का दुवै अधिवेशन आजबाट सुरु हुँदैछन्। देउवा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आज बुधबारका लागि आह्वान गरेकी थिइन्।

आज बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा छलफलका लागि प्रस्तुत गर्न ३२ बुँदे कार्यसूची तय भइसकिएको छ। सरकारले  हालै ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशलगायतकाे  बारेमा पेश गर्ने कार्यसूचीमा समावेश गरिएकाे छ।

सचिवालयले तयार गरेको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्ने कार्यसूची छ। ३२ बुँदे कार्यसूचीमा शपथसम्बन्धी अध्यादेश, विनियोजन अध्यादेशलगायत कैयौं अध्यादेश स्वीकृत गरियोस् भन्ने कार्यसूची छ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले भारतलाई पठाइएको कूटनीतिक नोटका विषयमा पनि संसद्लाई जानकारी गराउने तयारी रहेको छ। यता, नेकपा एमालेले भने अधिवेशनको पहिलो बैठकलाई नै विरोध जनाउने तयारी गरेको छ ।

एमाले नेताहरूले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका र कार्यशैलीलाई लिएर विभिन्न टिप्पणी गर्दै आएका छन्। पार्टीले सिफारिस गरेका १४ जना सांसदहरूको कारबाही रोकेको लगायतका विषयमा एमाले सभामुखसँग रुष्ट हुँदै आएको छ । सोही विषयमा एमालेले विरोध जनाउने तयारी गरेको हो। संसद् अधिवेशन आज अपरान्ह ४ बजे सुरु हुँदैछ।

लोकप्रिय