सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु : मन्त्रिपरिषद विस्तारका विषयमा छलफल

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु : मन्त्रिपरिषद विस्तारका विषयमा छलफल

काठमाडौं-बुधबार विहान ९ बजेबाट सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न बैठक बसेकाे प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

गठबन्धनका शीर्ष नेताहरुको सहभागिता बैठकमा बसिरहेका छन् । प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै शीर्ष नेतासँग मन्त्रिमण्डल विस्तार गर्न आन्तरिक गृहकार्य अगाडि बढाएको देखिन्छ ।

सरकार बनेको दुई साता वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । काँग्रेसबाट गृहमा बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ र माओवादीबाट अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसालले जिम्मेवारी पाएका छन् । बाँकी मन्त्रालय प्रधानमन्त्री आफैले सम्हालेको अवस्था छ ।

सत्तारुढ गठबन्धनमा रहेका एमालेका वरिष्ठ नेता माधव नेल समूहको निर्णय कुर्दा र जसपाको आधिकारिकता विवादले मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको थियो ।

जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएसँगै मन्त्रिमण्डल विस्तारको गृहकार्य तीव्र बनेको छ । तर नेपाल समूहलाई समावेश गरेर मन्त्रिमण्डललाई पूर्णता दिनुपर्नेमा जोड गरिरहे पनि नेपाल समूहले अझै कुनै निर्णय दिन सकेको छैन ।

नेपाल समूहलाई मन्त्रालय बाँकी राखेर काँग्रेस, माओवादी र जसपा सम्मिलित मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ । यसबारे मंगलबार प्रधानमन्त्री देउवा र अध्यक्ष ‘प्रचण्ड’बीच छलफल भएको थियो ।

प्रधानमन्त्री देउवासँग छलफल गर्नुअघि प्रचण्डले नेता नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए ।

लोकप्रिय