सभामुखको टाउको फुटाउन याेजना गरेर माइक तानेकाे तर मौका मिलेन, नत्र टाउको आजै फुट्ने थियो

सभामुखको टाउको फुटाउन याेजना गरेर माइक तानेकाे तर मौका मिलेन, नत्र टाउको आजै फुट्ने थियो

काठमाडौँ भदाै २५। प्रमुख प्रतिपक्षा नेकपा एमालेकी सांसद रेखा झाले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका एकपक्षीय र संसदीय पद्धतिविपरित रहेकाले आफूले टाउकाेमा ताकेर माइक प्रहार गर्न खोेजेको स्वीकार गरेकी छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक समाप्त भएपछि पत्रकारहरुसँग आक्राेशित अवस्थामा कुरा गर्दै सांसद झाले आज माइक तानेर ताकेरै सभामुख सापकोटाको टाउको फुटाउने योजना भएको बताएकी हुन्। ‘आज टाउको नै फुटाउँथेँ सभामुखलाई हान्न माइक तानेको । संसद्को पनि मर्यादा छ नि । यता विरोध भइरहेको छ । हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’ उनले भनिन् । उनले आज मौका नमिलेको मात्र मौका मिल्नेबित्तिकै हान्ने बताएकी छन् । उनले भनिन्, अहिले हानेको छैन मौका मिल्यो भने हान्छौँ ।’

रौतहटबाट समानुपातिक निर्वाचित भएकी झा ले सभामुखलाई अब सभामुख मान्न नसकिने बताइन् ।

लोकप्रिय