५ नंका वडाध्यक्षले काठमाडौं महानगरको कार्यालयमा किन गरे तोडफोड ?

५ नंका वडाध्यक्षले काठमाडौं महानगरको कार्यालयमा किन गरे तोडफोड ?

काठमाडाै भदाै २५ ।सुन्धाराकाे बागदरबारस्थित काठमाडौं महानगरपालिकाको मुख्य कार्यालयमा महानगरकै वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोलले नै तोडफोड गरेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड भएको हो ।

वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोलले इन्जिनियर सरुवाप्रति असन्तुष्टि व्यक्त गर्दै तोडफोड गरेका हुन् । उनले तीन जना नै अधिकारीहरुको कार्यकक्षको ढोकामा लत्ताले हानेका थिए । महानगरका एक अधिकारीका अनुसार आल्मुनियमको ढोका भएकाले सबै ढोकाको कब्जा फुस्किएको छ भने क्षति पनि पुगेको छ ।

कार्यालयकक्षमा तोडफोड गर्नु कारण के ?
दुई वर्षदेखि कामै नगर्ने इन्जिनियर हुँदा पनि आफूले सहेर बसेका वडाध्यक्ष डंगोलले दुई महिनाअघि महानगरसँग माग गरेअनुसार एक जना इन्जिनियर पाएका थिए । तर, अहिले उनले थाहै नपाई त्यस इन्जिनियरको पनि सरुवा गरिएपछि उनी महानगर गएर त्यसबारे गुनासो पोखे । तर, उनको गुनासोबारे ‘माथिको आदेशबमोजिक सरुवा’ भन्ने सुनेपछि उनले सहन सकनेनन् र महानगरको कार्यालयमा गएर लात्ताले ढोकामा हाने ।

अध्यक्ष डंगोलले वडामा इन्जिनियर नहुँदा काम गर्न सास्ती भएको र दुई महिनाअघि आएको इन्जिनियरको सरुवा हुनु वडाबासीमाथि घात भएको भन्दै उनले अन्याय भएको बताएका छन् । उनले वडामा गएर ढोकामा लात हानेर फर्किएको स्वीकारेका छन् ।

वडाध्यक्षले महानगरको ढोकाको कब्जा फुस्काएर अन्य भौतिक क्षति पुर्याएपछि मेयर विद्यासुन्दर शाक्यले उक्त घटनापछि घटनास्थलको मुचुल्का उठाउन निर्देशन दिएका छन् । तोडफोडबाट भएको क्षति वडाध्यक्ष डंगोलबाटै भराउन मेयर शाक्यले निर्देशन दिएका छन् ।

लोकप्रिय