संखुवासभा सामुहिक हत्याकाण्डका आराेपी पत्ता लाग्याे, परिवारकै छिमेकी आफन्त परे पक्राउमा

संखुवासभा सामुहिक हत्याकाण्डका आराेपी पत्ता लाग्याे, परिवारकै छिमेकी आफन्त परे पक्राउमा

काठमाडौँ .भदाै २६। केहि दिनअघि बहुचर्चित संखुवासभामा घटेकाे एकै परिवारका ६ जनाको सामुहिक हत्याकाण्डमा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । संखुवासभाकाे मादीमा भएकाे उक्त हत्यामा संलग्न रहेकाे आरोपमा शनिबार बिहान मृतक परिवारका छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

६ जनाको सामुहिक हत्याका आराेपमा पक्राउ परेका युवक मृतकका आफ्नै भतिजो नाता पर्ने पनि खुल्न आएकाे छ । आउने आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपी कार्कीको पूरै परिचय भने खुलाएको छैन । तर, उनको मानसिक समस्या रहेको र केही समयदेखि औषधि खाइरहेको प्रहरीले बताएको छ । पारिवारिक आपसी पुरानाे रिसइवीका कारण लोकबहादुरले हत्या गरेको प्रहरीको प्राथमिक अनुसन्धानमा देखिएको छ ।

लोकबहादुरको घर घटना भएको ठाउँबाट मात्र १ सय ५० मिटर जतिको दूरीमा पर्छ । प्रहरीले यस सम्बन्धी विस्तृत विवरण आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ । आरोपीले प्रहरीलाई दिएको बयानमा कसुर स्वीकार गरेको अनुसन्धानमा संलग्‍न एसपी भीम दाहालले बताए । “घटनाको प्रकृति र अध्ययनले आरोपीले भनेका कुराहरुलाई पनि पुष्टि गर्छ,” एसपी दाहालले इकान्तिपुरलाई भने,”आरोपीले हत्या गरेको शत प्रतिशत पुष्टि हुन्छ । हत्याको विविध पक्ष र कारणबारे आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत रुपमा जानकारी गराउँछौं ।”

गत सोमबार तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

 

लोकप्रिय