कांग्रेसले आफुलाई सुधार्ने कि ?

कांग्रेसले आफुलाई सुधार्ने कि ?

काठमाण्डौ-नेपाली कांग्रेस अहिले केन्द्रिय चौधौं महाधिबेशनको निमित्त वडा तहको अधिबेशन सक्दै छ । वडाबाट आएका नयाँ प्रतिनिधिहरुले नै अब पालिकाहरुमा नेतृत्व चयन गर्नेछन् । प्रदेश र संसदिय क्षेत्र को नेतृत्व र प्रदेश, महाधिबेशन एवं जिल्ला प्रदेश , क्षेत्र र जिल्ला समिति समेतको निर्वाचन ति नै वडाबाट आएका प्रतिनिधिले गर्छन् ।

हुन त वडाहरुबाट आउने प्रतिनिधीहरु समाबेशी भने पनि, समानु पातिक भने पनि र निर्वाचित जे भने पनि, प्रतिनिधित्व न्यायीक छैन । कुनै वडाबाट ७५ भन्दा बेशी प्रतिनिधि छनौट हुन्छन् भने कुनै वडाबाट भने १८ जना मात्र प्रतिनिधि हुने असमान ब्यबस्था छ । नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्याको आधारमा यस्तो बिभेद भएको हो ।

क्रियाशिल सदश्य जथाभाबी बनाउ प्रतिनिधि धेरै छनौट गर र जिल्ला नेतृत्व र महाधिबेशन प्रतिनिधि मा पक्कड जमाउ, यो रोग कोरोना सरह फैलिएकाे छ कांग्रेसमा ।

चार सय मत पाएको वडामा कांग्रेसका पाँच सय बढी क्रियाशील सदस्य देखिएका छन् । प्रत्यक वडामा १५० क्रियाशिल सम्म सभापति लगायत १९ जना प्रतिनिधि हुन्छन् साथै त्यस पछि प्रति सय बाबर १३ जना प्रतिनिधि हुने ब्यबस्था छ जुस कारणले बढी क्रियाशिल बनाईन्छन् ।

एउटा घरमा जति संख्या छ ति सबै क्रियाशिल सदस्य बनाईएका भेटिन्छन । कहिले रुखमा मत नदिनेहरुलाई पनि पार्टिमा आफ्नो पक्कड जमाउन सदस्य बनाएका प्रसस्त भेटिन्छन् ।

कुनै वडामा सदश्य बनाउने नाममा गैह्र कांग्रेसीलाई सदस्य बनाउने मात्र होईन बिपक्षी पार्टीका संगठित सदस्य समेत कांग्रेस प्रतिनिधि चुनिएका उदाहरण छन् । ईमान्दार कार्यकर्ता चाहि प्रतिनिधिहुनबाट बन्चित हुने गर्दछन् ।

पार्टी कब्जागर्न क्रियाशिल सदस्य बनाउने होड चलेकाे देखिन्छ । पार्टि पदाधिकारीले अधिबेशनकाे समयमा फाइदा लिन आफ्ना पकेटबाट क्रियाशिल बनाएका धेरै उदाहरण छन् ।

संसद र स्थानिय निर्वाचन तथा पार्टीले आयोजना गर्ने जुलुस, सभा समारोहमा त्यस्ताकाे उपस्थिति कहिले देखिदैन । रुखमा मतदान समेत थाेरैले गर्छन् । मत धेरै आउने वडामा कम क्रियाशील , मत कम आउने वडामा बढी क्रियाशील प्रसस्त भेटिन्छन् । जथाभाबि क्रियाशिलको बितरणले पार्टी कब्जा गर्ने मनसायका साथ बनाइएकाे हुन्छ ।

धेरै क्रियाशिल, धेरै प्रतिनिधि तर पार्टीको हित भन्दा अमुक अमुक ब्यक्तिको हितमा मात्र प्रयोग हुने बेथिति कांग्रेसको हितमा देखिंदैन । अनि आन्तरिक प्रतिस्पर्धा पनि स्वस्थकर बनि रहेको छैन ।

क्रियाशिल सदस्य बढि बनाउने वडाका वडा डनहरुले आफुलाई मत नदिनेहरुलाई भित्तामा पुर्याउने निर्ममता कांग्रेसमा बढ्दै गएको छ ।

छिटै हुने स्थानिय र प्रदेश एवं संघिय संसदको निर्वाचनमा टिकट लिन,दिन र आफु उम्मेदवार हुन यस्तो हर्कत गरिएको प्रस्ट हुन्छ ।

त्यति मात्र होईन वडाकै प्रतिनिधि छनौटमा समेत प्रसस्त आर्थिक चलखेल हुने गरेको गुनासाहरु सुनिएका छन् ।

झन पालिका जिल्ला अनि केन्द्रिय स्तरमा त अत्यन्त खर्चिलो भैरहेको छ । पानी सरह पैसा नबगाउनेहरुले अब कांग्रेसको जिल्ला नेतृत्व लिनै नसक्ने अबस्था बनेको छ । त्यस तर्फ कांग्रेस नेतृत्वले गम्भिर भएर पटक्कै सोंचेको देखिदैन । काँग्रेशको अधिबेशन जिल्ला तह देखि नै रेष्टुराँमा भरि भराउ हुने गरेको छ ।

प्रजातान्त्रीक प्रतिस्पर्धाको नाउँमा आर्थिक प्रतिस्पर्धा र अस्वस्थ एवं बिकृतिले प्रश्रय पाउँदै आएको छ । यसलाई आजैबाट नियन्त्रण नगर्ने हो भने कांग्रेस नेतृत्व कार्यकर्ताबाट होईन तस्कर र भ्रष्ट्राचारीबाट सञ्चालन हुने स्थितीमा पुग्दैन भन्न सकिन्न । कांग्रेस आदर्श दर्शन र बिचारबाट भन्दा तस्कर र भ्रष्टहरुले नेतृत्व लिने दिन अब टाढा नहुन सक्छ ।

सबै बिकृतिहरु रोक्न अब कांग्रेसजनले संकल्प गर्नपर्छ, वडा सभापतिले वडा अध्यक्षको, पालिका सभापतिले गाउँ नगरपालिकाको, प्रदेश अध्यक्षले प्रदेश सदस्यकाे, क्षेत्रिय अध्यक्ष र जिल्ला सभापतीले संसदको टिकट लिने पाउने ब्यबस्थाको अन्त्य गरिनु पर्दछ ।

उनिहरुको कार्यकालको सफलताको मुल्याँकन भनेको सम्बन्धित समितिका माताहतको निर्वाचनमा पार्टीका उम्मेदबारहरुलाई बिजय गराउनु हो । पार्टी गतिबिधि गरेर लोकप्रिय बनाउने र जिताउने हो । जिल्लामा मात्र नभै केन्द्रीय सभापतिले पनि मन्त्री प्रधान मन्त्री हुन नपाउने ब्यबस्था गरौं, प्रण गरौं नेपाली काँग्रेशको लोक प्रियतामा चार चाँद लाग्छ । हाना थाप र बिक्रिति धेरै हद सम्म किनारा लाग्नेछ ।

जुन तहले नेतृत्व गर्छन् तिनले निर्वाचित हुने लोभमा टिकट सिफारिस गर्दा आफ्नै मात्र नाम पठाउने र अरु आकाँक्षीहरलाई लत्याउने कार्य गर्दा कांग्रेसले जित्ने क्षेत्रमा समेत चुनाब हारेका धेरै नजिर छन् ।

जनमानिसमा कसलाई उम्मेदवार दिंदा सकारात्मक नतिजा आउँछ भन्ने तर्फ ध्यान नदिएर ‘राम्रालाई नभै हाम्रालाई’ टिकट दिने दिलाउने परिपाटी कांग्रेसमा हावी छ ।

क्रियाशिलमा धाँधली गराउने र पैसा भएका मसलेदारहरुले पार्टी कब्जा गर्दाका परिणामहरु कांग्रेसले सधै भाेग्दै छ ।

राजनीतिमा निष्ठा र ईमान्दारी पूर्वक लाग्नेहरुको मुल्याँकन गर्न पनि नेतृत्वमा दुईपटक बढी निर्वाचित हुन नपाउने प्राबधान हटाउने र नेतृत्वमा बस्नेले प्रत्यक्षमा टिकट नपाउने ब्यबस्था आबस्यक देखिन्छ ।

त्यस्तै केन्द्रिय सभापतिले पनि प्रधानमन्त्री हुनै नपाउने ब्यबस्था गरिनु अत्यन्त आबस्यक छ । सभापतिमा हारेकालाई केन्द्रमा सदस्य मनोनित गर्न नपाउने ब्यबस्था गर्दा कांग्रेसमा हुने भद्रगोल र बेथितिको धेरै हदसम्म अन्त्य हुने छ ।

लोकप्रिय