शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त: साँझ ६ बजे शपथ

शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त: साँझ ६ बजे शपथ

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।

लोकप्रिय