नेपाली नेताले अष्ट्रेलियाबाट सिक्ने की ?
नेपाली नेताले अष्ट्रेलियाबाट सिक्ने की ?
रमेश खड्का,पुष २३, काठमाडाैँ -अष्ट्रेलियाको संसद हलमा प्रबेश गर्दै गर्दा जो कोहीको मनमा पनि निकै कौतुहलता उठ्ने गर्दछ ।
त्यो के भने त्यहाँका बिकाश गतिबधी शिक्षा स्वास्थ्य रोजगारी र खास गरि कानुन र अनुशासित नागरिक , नियम र नियमन देखेर त्यहाँको संघिय ससद बस्ने भवन र देशको बिधीबिधान निर्माण गर्ने सासद भवन जान मन जुन सुकै मुलुकका नागरिकका लागि लाग्नु कुनौ नौलो कुरा भने होइन ।
त्यहाँका सर्वसाधारण नागरिक देखि देश बिदेशका नागरिकका लागि खुल्ला गरिदै आएको साँसद मिटिङ हल हेर्न दैनिक सयौको सख्यामा जनमानसहरू आउने गरेको पाइन्छ । त्यसोत साँसद भवनको मिटिङ हलनै जमिन भन्दा दुइ तला मुनी रहकोछ ।
प्रायजसो त्यहाँ जादाँ अन्डरग्राडमै गाडि राखेर अष्ट्रेलियाको सर्वोच्च निकाय सासद हलभित्र अवलोकन तर्फ लाग्छन ।
जो कोहीको मनमा एउटा जिज्ञासा के उठ्छ भने सो भवन निर्माण मा जनतालाई सर्बोच्च ठानेको स्पष्ट देखियो।
कारण के भन्दा जनताको लागि कानुन बनाउँदा जनता भन्दा तल बसेर बनाएको होला भन्ने लाग्यो ।
त्यसैले त्यहाँका नागरिक र देशलाई उच्च राखेर यहाँका नेताहरूले काम गरेका कारण अष्ट्रेलिया अहिले विश्वकै नमुना देश बनेको भन्ने लाग्छ त्यसो त यहाँका साँसद देखि मन्त्री प्रधान मन्त्री सम्मको दैनिकी पनि सर्वसाधारण नागरिक जस्तै सडकमा खुल्लारूपमा हिडडुल देखि सामान्य सुरक्षा लिने गरेको पनि देखियो ।
सामान्य सडकमा हिड्ने बित्तिकै त्यहाँ नागरिकले पालना गर्ने सडक नियम र अनुशासनले नै यहाँका नागरिकको देश र जनता प्रतिको जिम्मेवार झल्काएको पाएकोछु ।नेताहरूको देश र नागरिक प्रतिको झुकावलाई मान्नै पर्दछ ।
अष्ट्रेलियामा छ राज्य र दुई प्रमुख मुख्य भूमि क्षेत्रहरू छन्। अष्ट्रेलियाका छ वटा राज्यहरू छन जसमा न्यू साउथ वेल्स (NSW), राजधानी शहर सिड्नी हो भिक्टोरिया (VIC), राजधानी शहर मेलबर्न हो ।
क्वीन्सल्याण्ड (QLD), राजधानी शहर ब्रिस्बेन हो पश्चिमी अष्ट्रेलिया (WA), राजधानी शहर पर्थ हो दक्षिण अष्ट्रेलिया (SA), राजधानी शहर एडिलेड हो ।
तास्मानिया (TAS), एक टापु राज्य, राजधानी शहर होबार्ट हो दुई स्वशासित मुख्य भूमि क्षेत्रहरू छन ।
जुन यिनिहरू हुन अष्ट्रेलियाली राजधानी क्षेत्र (ACT), राष्ट्रिय राजधानी, क्यानबेरा समावेश गर्दै उत्तरी क्षेत्र (NT), राजधानी शहर डार्विन हो भने अष्ट्रेलियाको साँसदका १५० साँसदहरू छन जुन नेपालको भन्दा ज्यादै सानो छ ।
देश नै हेर्ने हो भने पनि निकै गुना सानो हाम्रो जस्तो मुलुकमा यति धेरै जम्मो टोली नेताहरू छन भन्न पनि लाज नै लाग्दछ ।यहाँको संसद र त्यसको काम कर्तव्य र कसरी संचालन हुन्छ भन्नेवारेमा एउटा कपी प्रस्तुत गरेको छु ।
जुन यस्तो छ । संसदको कार्य (Work of the Parliament) संसद राजा (गभर्नर–जनरलमार्फत प्रतिनिधित्व गरिएको) र दुई सदनहरू—सेनेट र प्रतिनिधि सभा—बाट बनेको हुन्छ।
भूमिका (Roles) सन् 1901 मा अष्ट्रेलियाली संविधानले अष्ट्रेलियाली संसद स्थापना गर्यो, जसलाई संघीय संसद वा राष्ट्रमण्डल संसद पनि भनिन्छ।
अष्ट्रेलियाली संसदका चार मुख्य भूमिका छन्: संघीय कानुन बनाउने र संशोधन गर्ने अष्ट्रेलियाका जनताको प्रतिनिधित्व गर्ने सरकार गठन हुने स्थान प्रदान गर्ने सरकारको कामको निगरानी गर्ने कानुन निर्माण (Law-making) कुनै कानुन बनाउन वा परिवर्तन गर्न संसदमा विधेयक (Bill) प्रस्तुत गर्नुपर्छ।
त्यसपछि सांसदहरूले विधेयकमाथि बहस गर्छन् र मतदान गर्छन्। कुनै विधेयक कानुन बन्नका लागि प्रतिनिधि सभा र सेनेट दुवैमा बहुमतबाट पारित हुनुपर्छ र गभर्नर–जनरलबाट शाही स्वीकृति (Royal Assent) प्राप्त गर्नुपर्छ। कानुनलाई संसदको ऐन (Act of Parliament) पनि भनिन्छ।
विधेयक र कानून संसदीय समितिहरू (Parliamentary Committees) संसदीय समितिहरूले नीति, सरकारी प्रशासन वा कार्यसम्पादनसँग सम्बन्धित विशेष विषयहरूको अनुसन्धान गर्छन्।
समितिहरूले संस्था र व्यक्तिहरूलाई नीति निर्माण प्रक्रियामा सहभागी हुने अवसर प्रदान गर्छन् र उनीहरूको विचार सार्वजनिक अभिलेखमा राखी निर्णय प्रक्रियामा समावेश गरिन्छ।
अष्ट्रेलियाली जनताको प्रतिनिधित्व (Representing Australians) सांसदहरूले अष्ट्रेलियाली जनताको विचार र हितको प्रतिनिधित्व गर्छन्। प्रतिनिधि सभामा 150 जना सांसद निर्वाचित हुन्छन्। प्रत्येक सांसदले अष्ट्रेलियाका 150 निर्वाचन क्षेत्रमध्ये एउटाको प्रतिनिधित्व गर्छन्।

प्रत्येक निर्वाचन क्षेत्रमा लगभग समान सङ्ख्यामा मतदाता हुन्छन्। सेनेटमा राज्य र क्षेत्रहरूको प्रतिनिधित्व गर्न 76 जना सेनेटर निर्वाचित हुन्छन्। प्रत्येक राज्यबाट 12 जना सेनेटर र अस्ट्रेलियन क्यापिटल टेरिटोरी तथा नर्दन टेरिटोरीबाट 2–2 जना सेनेटर हुन्छन्।
सांसदहरूले आफ्ना निर्वाचन क्षेत्र वा राज्य/क्षेत्रका जनताको चासो र समस्या बुझेर संसदमा आवाज उठाउँछन्। साथै, पेन्सन, आप्रवासन र कर जस्ता विषयमा समस्या परेका नागरिकलाई सहयोग गर्छन्।
सांसदहरूले संसदका निर्णय र विधेयकले आफ्ना निर्वाचन क्षेत्र वा राज्य/क्षेत्रका जनतालाई कसरी असर पार्छ भन्ने कुरा पनि विचार गर्छन्। सरकार गठन (Formation of Government) संघीय निर्वाचनपछि प्रतिनिधि सभामा बहुमत प्राप्त गर्ने दल वा दलहरूको गठबन्धनबाट सरकार गठन हुन्छ।
संघीय र राज्य सरकारका वरिष्ठ सदस्यहरूलाई कार्यपालिका (Executive) वा कार्यकारी सरकार पनि भनिन्छ। कार्यकारी सरकार (Executive Government) प्रधानमन्त्रीलाई गभर्नर–जनरलले नियुक्त गर्छन्।
संविधानअनुसार, परम्परागत रूपमा प्रतिनिधि सभामा बहुमत प्राप्त दल वा गठबन्धनको संसदीय नेतालाई प्रधानमन्त्री नियुक्त गरिन्छ। यही दल सरकार बन्छ र मन्त्रीहरू प्रदान गर्छ, जसले सबै सांसद हुनुपर्छ।
संविधानमा उल्लेख गरिएको संघीय कार्यकारी परिषद (Federal Executive Council) सबै मन्त्रीहरूबाट बनेको हुन्छ र यसको अध्यक्षता गभर्नर–जनरलले गर्छन्।
यसको मुख्य काम मन्त्रीहरूको सल्लाह स्वीकार गर्ने र घोषणापत्र, नियमावली, आदेश तथा वैधानिक नियुक्ति जस्ता औपचारिक कागजातहरू स्वीकृत गर्नु हो।


प्रतिकृया दिनुहोस्