मैत्रीपूर्ण फुटबल :- घरेलु मैदानमा जितको दबाब
काठमाडाै,दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपाल र भारतबीच पहिलो पटक फुटबलमा सन् १९८५ डिसेम्बर २१ मा प्रतिस्पर्धा भएको थियो । बङ्गलादेशको ढाकास्थित बंगबन्धु रङ्गशालामा भएको उक्त खेलमा भारतले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको थियो । नेपाली टोलीको सुरुआत सुखद् रहेन । त्यसयता नेपाल र भारतबीच फुटबलमा १९ पटक भिडन्त भएको छ ।
भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटी मात्र जित निकाल्न सक्यो । तीन खेलमा दुवै टोलीले बराबरी खेलेका थिए । समग्रमा नेपाली टोली भारतसामु निरिह सावित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) बरियताअनुसार पनि नेपालभन्दा भारत फुटबलमा निकै अब्बल देखिन्छ । फिफा बरियताअनुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा छ ।
हालसम्म भारतसितको फितलो प्रदर्शनका बाबजुद पनि आज साँझ ५ः३० बजे घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टोली जितको दाउमा छ । घरेलु मैदानका साथै घरेलु दर्शकलाई जितका साथ भरपुर आनन्द दिने लक्ष्यका साथ नेपाली टोली मैदानमा प्रवेश गर्ने छ । भारतसितको हालसम्म गरेको प्रदर्शनको तथ्याङ्कलाई गलत सावित गर्ने योजना मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बनाउनुभयो ।
बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा समेत उहाँले नेपालीलाई खुशी बनाउनका लागि मात्र होइन् गर्व गर्न लायक प्रदर्शन गर्ने वाचा गर्नुभएको छ । प्रशिक्षक अलमुताइरीको वाचाले पनि नेपाली टोलीको उत्साह बढेको पाइन्छ । प्रशिक्षक अलमुताइरीले भारतसितका दुवै मैत्रीपूर्ण खेल नेपालले जित्नकै लागि खेल्ने बताउनुभयो ।
नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङ पनि भारतसितका दुवै खेलमा नेपालले जित हासिल गर्नेमा ढुक्क हुनुहुन्छ । युवा टोलीले हालसम्मकै उत्कृष्ट प्रदर्शन गर्नेमा उहाँ आशावादी हुनुहुन्छ । भारतीय टोलीमा पनि अधिकांश खेलाडी नयाँ भएको चेम्जोङलाई हेक्का छ । त्यसैले पनि उहाँको मनोबल उच्च भएको पाइन्छ ।
नेपाली टोलीका लागि टाउको दुखाइ भारतीय कप्तान सुनिल क्षेत्री बन्नुभएको छ । नेपाली मुलका ३६ वर्षीय क्षेत्री विश्वमै नाम कमाएका कीर्तिमानी खेलाडी हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय खेलमा धेरै गोल गर्नेमा अग्रस्थानमा हुनुहुन्छ । क्षेत्रीले ११८ खेलमा ७४ गोल गर्नुभएको छ । त्यसैले नेपाली टोलीको लक्ष्य क्षेत्रीलाई रोक्नेमा बढी केन्द्रित देखिन्छ । क्षेत्रीले नेपालसितका आठ खेलमा पाँच गोल गर्नुभएको छ । भारतीय टोली क्षेत्रीका साथै अनिरुध थापा, ब्रान्डन फर्नान्डज, प्रितम कोटललगायत खेलाडीमाथि निर्भर रहने छ भने नेपालका लागि सन्तोष तामाङ, अनन्त तामाङ, पुजन उपरकोटी, अन्जन विष्टलगायत भरपर्दा खेलाडी हुनुहुन्छ । नेपालसित किरणकुमार चेम्जोङजस्ता दक्षिण एसियाकै उत्केष्ट गोलकिपर हुनुहुन्छ । त्यसैले नेपाली टो

