सिण्डिकेट चिर्न उपभोक्ता सचेत बन्नुपर्छ : सभापति अब्दुल खान

सिण्डिकेट चिर्न उपभोक्ता सचेत बन्नुपर्छ : सभापति अब्दुल खान

 

काठमाडौ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले आम उपभोक्ताहरु सिण्डिकेटको शिकार भएको बताएका छन् ।
पछिल्लो समय बजारमा सिण्डिकेट समस्या चुलिइरहेको अवस्थालाई मध्यनजर गर्दै आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको बजारमा बढ्दै गएको सिण्डिकेट प्रणाली र आम उपभोक्तामा परेको असर विषयक कार्यक्रममा बोल्दै सभापति अब्दुल खानले सो कुरा बताएका हुन् ।
कमिसनखारे तथा कालाबजारी मौका छोपेर उपभोक्ता हित संरक्षण विपरित उपभोग्य बस्तुमा कालोबजारी तथा आफूखुसी मूल्यवृद्धि गर्ने कार्य भइरहेको बताउँदै त्यस्ता कार्य रोक्न आफ्नो समितिले सरकार र सरोकारवाला निकायलाई पटक पटक निर्देशन दिएको जानकारी समेत गराए । तर सरोकारवाला निकायले भने आफूँले दिएको निर्देशनलाई वेवास्ता गर्ने गरेको आरोप लगाए ।
कार्यक्रममा बजारमा व्याप्त रहेको सिण्डिकेट रोक्न उपभोक्ता आफैँ सचेत हुनुपर्नेमा समेत उनले जोड दिए । उनले भने, ‘सम्माननीय राष्ट्रपतिदेखि श्रमिकसम्म हामी सबै उपभोक्ता हाँै । हामी उपभोक्ता सचेत भएमात्र बजारमा देखिएको विकृत्ति अन्त्य हुन्छ । त्यसका लागि उपभोक्ताहरुले गुणस्तरहीन बस्तु विक्रि वितरण र सिण्डिकेट भएको अवस्थामा सम्बन्धित सरकारी निकायमा खबर गर्नुपर्छ । सचेत उपभोक्ता बन्नुपर्दछ ।’
गुणस्तरहीन बस्तु विक्रि वितरण गरि खेलवाड गरेमा त्यसका विरुद्ध क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा हाल्न समेत सभापति खानले आग्रह गरेका छन् । उनले भने–‘एउटा व्यापारीले आफ्नो फाइदाका लागि गुणस्तरहीन बस्तु बजारमा पठाउँदा त्यसले उपभोक्ताको स्वास्थ्यमा कति असर गर्छ । त्यसविरुद्ध उपभोक्ताले क्षतिपूर्तिको माग गर्न पछि पर्नु हुँदैन ।’
कार्यक्रममा काठमाडौ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बजारमा देखिएको विकृत्ति न्यूनीकरणका लागि स्वयम् उपभोक्ताहरु सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
उनले भने, ‘बजारमा सिण्डिकेट व्याप्त रहेको छ । त्यो सबै कुरा हामीलाई थाहा हुँदैन । बजारको विषयमा हामीलाई भन्दा पनि बढी उपभोक्तालाई नै बढी थाहा हुन्छ । त्यसैले उपभोक्ता सचेत हुनुपर्दछ । उपभोक्ता हित विपरितका काम भएको थाहा भएमा हामीलाई उजुरी गर्नुहोस् । हामी कारबाही गछौँ ।’
प्रमुख जिल्ला अधिकारी बस्नेतले आफूँले पाएको जिम्मेवारी सबैले बहन गर्नुपर्नेमा जोड दिए । उनले मुलुक संघीय प्रणाली अनुसार सञ्चालनमा रहेको ३ वटै सरकारहरुले बजार अनुगमनको जिम्मेवारी पाएको छ । त्यसमध्ये खुद्रा (तल्लो) तहको बजार अनुगमन स्थानीय तहको हो । सबै स्थानीय तहले गम्भीर भएर बजार अनुगमन गर्नुपर्दछ ।
प्रमुख जिल्ला अधिकारी बस्नेतले उपभोक्ता हित संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको भएपनि सुस्त नभएको जिकिर गरे । उनले भने, ‘सरकारी संयन्त्रले आम अपेक्षाअनुसारको सेवा प्रवाह गर्न नसकेपनि सुस्ताएका छैनौँ । बजारमा देखिएका विकृत्ति अनà