नारायण रेकी सत्संगद्वारा राजेश्वरी मोदीकाे अतिथ्यतामा “जिन्दगीभर सुखी रहने मन्त्र बिषयक” सत्र सम्पन्न
काठमाडौँ-नारायण रेकी सत्संग परिवार काठमाडौंले शनिवार “जिन्दगीभर सुखी रहने मन्त्र बिषयक” सत्र हर्षाेउल्लासका साथ सम्पन्न भएको छ । सोल्टी होटलमा आयोजित कार्यक्रममा नारायण रेकी सत्संगकी संस्थापक नारीरत्न राजेश्वरी मोदी (राजदिदी)ले ‘जिन्दगीभर सुखी रहने मन्त्र’र्शिषकमा आफ्नो प्रवचन दिनुभएको थियो ।
काठमाडौँस्थित नारायण रेकी सत्संग केन्द्र प्रमुख ऋचा जी केडियाले नारीरत्न राजेश्वरी मोदी (राजदिदी) तथा सत्रको वारेमा जानकारी दिदै सत्रको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा उद्योगी राजेन्द्र खेतान लागायत समाजका प्रतिष्ठित ब्यक्तीहरूकाे उपस्थिती सहित सक्रिय सहभागिता रहेकाे थियाे ।
प्रवचनमा नारीरत्न राजेश्वरी मोदीले जीवन र त्यससँग सम्बन्धित अध्यात्मिक पक्षको बारेमा उजागर गर्नुभयो । उहाँले मनिसले आफ्नो जिन्दगीमा उसले गरेको कर्मको फल भोग्ने हुदा सहि कर्म गर्नु पर्ने कुरा औल्याउनु भयो । उहाँले भन्नुभयो “हामी बबुलको रूख रोप्दैछौं र हामी आँप खान चाहन्छौं त्यो कदापी सम्भव छैन आप खानलाई आपकै रुख रोप्नु पर्दछ ।”

प्रवचनकै क्रममा उहाँले अरुको अधिकार खोस्ने र अनैतिक सम्बन्ध राख्नाले स्वास्थ्य खराब हुने र घरमा दुःख, गरिबी र अशान्ति आउने कुरा बताउनुभयो । उहाँले थप्नु भयो, “हाम्रो आधारभूत बल भनेको आमाबुवा, ससुरा र ससुरासँगको सम्बन्ध हो ।, आमा मायाको प्रतिक हो, तर बुबा सुपरहिरो हुनुहुन्छ । हरेक बुवाले आफ्ना सन्तानलाई राम्रो जीवन बिताउन सकोस् भनेर शतप्रतिशत दिनु हुन्छ, मार्गदर्शन गर्नुहुन्छ, सहयोग र प्रोत्साहन गर्नुहुन्छ ।”
भगवान नारायणलाई धन्यवाद दिँदै उहाँले हामिलाइ साक्षात नारायणले आमाबाबुप्रतिको कृतज्ञता, माया, आदर र स्याहार व्यक्त गर्ने अवसर दिएको बताउनु भयो । उहाँले भन्नुभयाे “हामीले सबै आमाबाबुलाई बिना शर्त आदर र हेरचाह गर्नुपर्छ ।” प्रवचनका क्रममा राजेश्वरी मोदीले शब्दमा ब्रम्हतत्वको शक्ति हुने र राम्रो कर्म गरेमा भगवानले हाम्रो असल चाहनालाई प्राप्त गर्न तर्फ हामीलाई आकर्षित गराउन शक्तीको प्रवाह गर्नुहुने कुरा उल्लेख गर्नुभयो ।



