उप–महानगरपालिकाको बाटोतर्फ बुढानीलकण्ठ नगरपालिका, पूर्वाधार विकासमा फड्को

उप–महानगरपालिकाको बाटोतर्फ बुढानीलकण्ठ नगरपालिका, पूर्वाधार विकासमा फड्को

नगरपालिकाको परिचयः
काठमाडौँ जिल्लामा अवस्थित बुढानीलकण्ठ नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिका मध्यको एक नगरपालिका हो । नेपाल सरकार, तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ मङ्सिर १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट चपली, भद्रकाली, भद्रकाली, चुनिखेल, महाङ्काल, विष्णु बुढानीलकण्ठ र कपन गरी ६ वटा गा.वि.स.हरू मिलाएर १९ वडामा बिभाजन गरी नगरपालिका घोषणा गरिएको थियो । २०७१ फाल्गुन २७ गतेको निर्णयले साविककै १९ वटा वडाहरूलाई १३ वटा वडाहरूमा पुनः समायोजन गरिएको थियो ।

बुढानीलकण्ठको उत्तरतर्फ नुवाकोट जिल्लासँग जोडिएको तथा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, दक्षिणमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३,४,६,७ र टोखा नगरपालिकाको वडा नम्बर ४ धापासी रहेको छ । त्यस्तै पश्चिमतर्फ टोखा नगरपालिका पर्दछ भने पूर्वतर्फ गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ सँग जोडिएको छ । काठमाडौँ उपत्यकाका थुप्रै धार्मिक स्थलहरूमध्ये बुढानीलकण्ठ नगरपालिका पनि महत्वपूर्ण मानिन्छ । उत्तरी भागमा शिवपुरीका फेदीमा रहेको यो स्थल शैव, वैष्णव, र बौद्ध धर्मालम्वीको आस्थाको क्षेत्र हो ।

आवासीय क्षेत्र धेरै रहेको यस नगरपालिकाको उत्तरतर्फ शिवपुरी पर्वत श्रृङ्खलालगायत हरियाली जङ्गल रहेको यस नगरपालिकामा भिरालो भू–भागपनि रहेको छ भने दक्षिणतर्फ समथर भूभाग रहेको र अधिकांश भू–भाग बाक्लो बस्तीले ढाकेको छ । यस क्षेत्रबाट विष्णुमती, रूद्रमती, धोबीखोला, यज्ञमती, च्यानेखोला जस्ता नदीखोलाहरू बगेर गएका छन् ।

यस नगरपालिकाभित्र प्रसिद्ध बुढानीलकण्ठ मन्दिर चण्डेश्वर मन्दिर, रूद्रेश्वर, भद्रकाली, पञ्चकन्या, शिव, कृष्ण, वंगलामुखी जस्ता देवदेवीका मन्दिरहरू रहेका छन् । त्यसैगरी बौद्धमार्र्गीहरूका चर्चित सार्वजनिक गुम्बा डाङ्यूर झयाङ्गतेरा दाग्र्यालिङ गुम्बा, आनी गुम्बालगायत बौद्ध मठहरू रहेका छन् । त्यस्तै, विभिन्न धर्मालम्बीहरूका आस्थाका केन्द्रहरूसमेत रहेका छन् ।

उप–महानगरपालिकाको बाटोतर्फ अघि बढ्दै बुढानीलकण्ठ नगरपालिका

बुढानीलकण्ठ नगरपालिका देशकै सबै भन्दा बढि जनसंख्या भएको नगरपालिका हो । काठमाडौँ महानगरपालिकासंग जोडिएको नगरपालिकाले विकास निर्माण, जनसंख्या तथा अन्य सबै उपमहानगरमा हुनुपर्ने मापदण्डहरु पुरा गरेकाले आउने चुनाव अगाडी नै बुढानीलकण्ठ उपमहानगरपालिका हुने नगरपालिकाकाप्रमुख मिठाराम अधिकारीले बताएका छन् । नगरपालिकाको विकास निर्माण, सामाजिक, बजार व्यवस्थापन लगायतका समग्र बिषयमा केन्द्रीत रहेका प्रमुख अधिकारीसंग गरिएको कुराकानीः

बुढानीलकण्ठ नगरपालिकाको सेवा प्रवाह, शुसासन कायम गर्ने कुरामा कसरी अघि बढ्नु भएको छ ?

बढानीलकण्ठ नगरपालिकाका दैनिक सेवाहरु र यहाँको जनप्रतिनिधिहरु, कार्यालयका कर्मचारीहरु सबै हामीले मुस्कान सहितको सेवा भन्ने नारा सहित जनताको लागिकाम गरीरहेका छौँ । त्यो केहि क्षेत्रमा प्रभावकारी देखिएको छैन् त्यसलाई हामीले प्रभावकारी बनाउको लागि हामी लागिपरेका छौँ । त्यसलाई हामी प्रभावकारी बनाउने बिषयमा एकदमै लागेका छौँ ।

शुसासन कायम गर्ने बिषयमा हाम्रा बिषयगत समितिहरु, सात वटा बनाएका छौँ । जस्तैः खानेपानी, सामाजिक, स्वास्थ्य, लेखा समिति, पूर्वाधार समिति लगायत सात वटा समितिहरुले सबै कर्मचारीहरुलाई भेटघाट गर्ने, समस्याहरु पहिचान गर्ने, केही गर्नुपर्ने काम भएको अवस्थामा गर्ने, शुसासन समितिका संयोजक र कर्मचारीहरुबिच राम्रो छलफल र समन्वय अघि बढिरहेको छ । यो एक एतिहाँसिक बुढानिलकण्ठ नगरपालिका पनि हो, त्यसलाई संरक्षण र प्रचार प्रचारको लागि हामी लागिपरेका छौँ ।

पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति

हामीले करिव करिव १०० मा ७५ प्रतिशत पूर्वाधार निर्माणका कामहरु अघि बढाइसकेका छौँ । अन्य स्थानीय तह भन्दा हाम्रो नगरपालिका पूर्वाधार निर्माणमा केही मजबूत भएको पाइन्छ ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटकीय क्षेत्रमा के कसरी काम गर्नु भएको छ ?

शिक्षाको क्षेत्रमा हाम्रो नगरपालिकाले शिक्षा २०७९ बर्ष भनेर घोषणा नै गरेका छौँ । शिक्षामा व्यापक परिवर्तन गर्नुपर्छ भन्ने हिसाबमा हामी लागिपरेका छौँ । त्यो हिसाबमा विभिन्न कार्यक्रमहरु एउटा जस्तैः यदि सामुदायिक विद्यालयहरुले जिपिए ४ ल्याएको अवस्थामा विद्यालयलाई ५ लाख रुपैयाँ र विद्यार्थीलाई १ लाख पुरस्कारको घोषणा गरेका छौँ । त्यस्ता कार्यक्रमले गर्दा पनि गत बर्षको शिक्षा भन्दा यो बर्षको शिक्षमा केही सुधार भएको छ । त्यो अझै सुधार हुने कुरामा हामी छौँ । सबैभन्दा पहिले शिक्षामा सुधार नहुञ्जेलसम्म कुनै पनि विकास निर्माणका कामले सार्थकता पाउनेछैनन् भन्ने धारणा सहित हामी अघि बढिरहेका छौँ । चालु आर्थिक बर्षलाई शिक्षा उनन्वयन बर्षको रुपमा मनाएका छौँ ।

हामीसंग कृषियोग्य जमिन एकदमै कम छ । अलिकति पासिकोट, छिमिखेलमा जग्गा छ । सबै जग्गामा घर बनिसकेको अवस्था छ । त्यसमा पनि हामीले कृषि उत्पादनमा एकदमै ध्यान दिएका छौँ ।

पशुपालनको बिषयमा हामी लागेका छौँ । सचेतना अपनाउँदा लम्मी स्किनको ठूलो असर पर्न पाएन । स्वास्थ्यमा करिव करिव ९ वटा वडामा शहरी स्वास्थ्य क्लिनिक थियो, अब १३ वटै वडामा खोल्ने निर्णय भएको छ ।

पयटनको क्षेत्रमा राम्रो शिवपुरी राष्ट्रिय निकुञ्ज र नागार्जुन राष्ट्रिय निकुञ्जसंग जोडिएका क्षेत्रहरुलाई लक्षित गरेर विभिन्न पर्यटकीय गतिविधिहरु गर्नको लागि एउटा समिति गठन गरेर अघि बढिरहेका छौँ ।

आर्थिक गतिविधि

मातपोत अशुली हाम्रो सबै भन्दा ठूलो आन्तरिक श्रोत हो । बार्षिक झण्डै ५० करोड भन्दा बढी राजस्व संकलन मालपोतबाट हुन्छ । घरवहाल करहरु हामीले उठाउँछौँ, पसलबाहल कर लगायत हाम्रा आम्दानीका स्रोत हुन् । आर्थिक हिसाबले हामी कमजोर पनि छैनौँ । आर्थिको रुपमा कसरी सवल बनाउने भन्ने बिषयमा हामीहरु लागिपरेका छौँ । हामीले शहरलाई सुन्दर बनाउनका लागि नेट, विद्युत प्राधिकरण र दुरसञ्चारका तारहरु हटाउने काम सुरु गर्दैछौँ । सबै क्षेत्रबाट हटाउने बिषयमा हामीले छलफल गरीरहेका छौँ । धार्मिक देवालयहरुमा संरक्षण गरेर जानुपर्छ मन्दिरहरुलाई संरक्षण गरेर एक रुपमा गर्ने बिषयमा अघि बढीरहेका छौँ ।

संघ र प्रदेशसंगको सहयोग र समन्वय

त्यस्तो समन्वय राम्रै छ, सांसद, मन्त्रीहरुसंग पनि हामीले समन्वय गरीरहेका छौँ । हामीले आफ्नो वडामा फोहोरहरु नगरपालिकाले नै व्यववस्थित गर्नुपर्छ भन्ने बिषयमा हामीले २/३ चरणमा छलफल गरीसकेका छौँ । सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु त्यो बिषयमा लागि राख्नु भएको छ ।

बजार व्यवस्थापनमा चुनौती

जनचेतना जगाउन सकेको अवस्थामा त्यस्तो समस्या छैन, म आफै पनि मेरो घरमा कौशी खेती गरीरहेका छु । अब देखि हामीले ३ वटा बकेटहरु राख्न खोजिरहेका छौँ । एउटा कुहिने फोहोर अर्को नकुहिने फोहोर र अर्को सिसा जन्यबस्तुहरु राख्न ३ वटा डस्बिनहरु प्रयोग गर्नुस् भनेर हाम्रा नगरबासीहरुलाई सचेत गराएका छौँ । अब देखि अलि कडाइका साथ हामी लाग्दैछौँ । किनभने यो फोहोर आज उठेने भने यो फोहोर अरुको फोहोर होइन्, हाम्रो आफ्नै घरको फोहोर हो । यसलाई कसरी व्यवस्थित गर्दै स्वच्छ समाज निर्माण गर्ने भन्ने बिषयमा नागरिकहरुलाई चेतना जगाउँदै अगाडी बढ्ने बिषयमा हामी लागिपरेका छौँ ।

नगरपालिकाको भावी योजना

अब २०८४ सम्मत बुढानीलकण्ठ नगरपालिका नै रहदैन जस्तो लाग्छ किनभने यो उपमहानगरपालिका हुनुपर्ने स्थितिमा छ । अहिले पनि उपमहानगरपालिकाको मापदण्डहरु सबै पुगिसकेको छ । पूर्वाधारहरु निर्माण करिव करिव सम्पन्न भएको छ । अबको आउने चुनाव सम्म यो नगरपालिका उपमहानगरपालिका हुने कुरामा म आशाबादी पनि छु । र हुनुपर्छ पनि यसको सबै मापदण्डहरु पुगिसकेको छ । यहाँका नागरिकहरु, यहाँका कर्मचारीहरु, जनप्रतिनिधिहरु लागेर अझै यसलाई समृद्ध बुढानीलकण्ठ बनाउनको लागि हामी अघि बढिरहेका छौँ ।

लोकप्रिय